दिनहुँ साबुनले नुहाउनुहुन्छ ? होस गर्नुस्



Download our app to get more features

रेक दिन नुहाउने धेरैको बानी हुन्छ । दिनहुँ नुहाउँदा शारीरिक स्फूर्ति बढ्ने बताइन्छ । तर, दिनहुँ साबुन प्रयोग गरेर नुहाउँदा भने छालामा नकारात्मक असर पर्न सक्ने चेतावनी चर्मरोग विशेषज्ञले दिएका छन् । तर, नुहाउनुअघि र पछि केही सजगता अपनाउन सक्ने हो भने यस्ता असरबाट जोगिन सक्ने तर्क पनि विशेषज्ञको छ । अमेरिकास्थित युनिभर्सिटी अफ क्यालिफोर्निया सान डिएगो स्कुल अफ मेडिसिनकी चर्मरोग विशेषज्ञ डा. क्यासे कार्लोसले दिनहुँ साबुनले नुहाउँदाका बेफाइदा बताएकी छिन् :

यस्ता बेफाइदा
दिनहुँ साबुन प्रयोग गरेर नुहाउँदा छालामा हुने एक विशेष प्रकारको तैलीय पदार्थलाई नोक्सान गर्छ । हाम्रो शरीरलाई आवश्यक तैलीय पदार्थ कम भएपछि छाला सुक्खा हुने र छालामा विभिन्न समस्या निम्तिने हुन सक्छ । काखी, जाँघ, पैतालालगायतका स्थानमा दिनहुँ साबुन प्रयोग गर्नु अझ घातक हुन सक्छ । शरीरबाट निस्किने तैलीय पदार्थले छालाका कोषिकाहरूलाई सुरक्षित राख्न मद्दत गर्छ । तर, दिनहुँ नुहाएर त्यही तैलीय पदार्थ नष्ट भएपछि विभिन्नखाले छालारोग बढ्ने सम्भावना उच्च रहन्छ । जति बास्नादार साबुन प्रयोग ग¥यो, छालामा उति नै असर पु-याउँछ । बास्नादार साबुनमा केमिकलको मात्रा बढी हुन्छ । केमिकलले छालामा रहेको तैलीय पदार्थलाई दु्रत गतिमा नष्ट गरिदिन्छ ।

दिनहुँ नुहाउनै परे
दिनहुँ नुहाउने व्यक्तिले साबुनको प्रयोग गर्नुपर्छ नै भन्ने छैन । चिसो पानीले हल्का शरीर पखाल्दा पनि स्फूर्ति प्राप्त हुन्छ । साबुन नै प्रयोग गर्ने भए पनि नुहाउनुअघि र पछि केही सजगता अपनाउन सकिन्छ । नुहाउनुअघि र पछि शरीरमा तेल या केही क्रिम लगाउने हो भने छालामा हुने विशेष तैलीय पदार्थ नष्ट हुनबाट जोगिन्छ ।

नयाँ पत्रिका दैनिकबाट

Last modified on 2017-08-13 13:15:36

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts