डा. केसीद्वारा अख्तियार प्रमुखमाथिको महाअभियोग प्रस्तावको स्वागत



Download our app to get more features

काठमाण्डौ, ४ कार्तिक । अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्की्बिरुद्ध संसदमा महाअभियोग प्रक्रिया दर्ता भएकोमा डाक्टर गोविन्द केसीले स्वागत गरेका छन् ।

आज बिज्ञप्ति जारी गर्दै महाअभियोग प्रक्रियालाई चाँडै निश्कर्षमा र्पुयाएर कार्कीलाई बर्खास्त गर्न डा.केसीले सांसदहरुसँग आग्रह पनि गरेका छन् । लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन माग गर्दै शिक्षण अस्पतालका चिकित्सक केसीले आमरण दुईपटक आमरण अनसनसमेत बसेका थिए । 

महाअभियोगको माग सम्बोधन भएपनि आफुहरुको अन्य माग सम्बोधन हुन बाँकी रहेको डा. केसीले स्मरण गराउनुभएको छ ।

Last modified on 2017-08-13 13:18:27

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts