यस्तो छ नाभी र मानव स्वास्थ्यको सम्बन्ध
एजेन्सी । मानिसहरु प्राय गरी शरीरमा सामान्य समस्या आउना साथ सोही अनुसारको औषधीको प्रयोग गर्ननै बढी रुचाउने गरेका पाइन्छ । तर, हामीमध्ये पनि धेरैलाई थाहा नहुन पनि सक्छ कि शरीरको कुनै अंग वा भागमा समस्या आयो भने अर्को अंग वा भागमा घरेलु उपचार गर्दा निको हुन्छ ।
खासगरी हाम्रो शरीरका सबै भाग कुनै न कुनै अंगसँग अन्तरसम्बन्धित रहेका हुन्छन् । जुन कुरा चिकित्सा विज्ञानले पनि स्विकार गरिसकेको छ । अझ पछिल्लो समय बढ्दै गरेको थेरापी पद्धतीले पनि यही मान्यतालाई आधार बनाएर मानिसको स्वास्थ्य वा शरीरमा देखा पर्ने गरेका समस्याहरुलाई समाधान गर्दै आएको छ ।
आज हामी हाम्रो नाभीले अन्य शारीरिक अंग तथा स्वास्थ्य के कस्तो अन्र्तसम्बन्ध राख्छ भन्ने विषयमा चर्चा गर्दै छौं । अनुहारमा देखिएका कतिपय समस्याहरु समाधानका लागि नाभीमा विशेष ख्याल वा चासो राख्न थुप्रै समस्याबाट मुक्ति पाउन सकिन्छ ।
– यदि तपाईंको ओठ फुटिरहने समस्या छ भने दैनिकजसो तोरीको शुद्ध तेललाई नाभीमा लगाउने गर्नुहोस त्यसले केहीदिनमै समाधान दिनेछ ।
– अनुहारमा चमक बढाउन चाहनुहुन्छ अथवा अनुहारलाई सदा ताजकी बनाइराख्न चाहनुहुन्छ भने नाभीमा बदामको तेल लगाउने गर्नुहोस यसले तपाईंको अनुहारलाई सधै ताजकी र चमकदार बनाउन सघाउ पुर्याउँछ ।
– नाभीमा शुद्ध घिउ लगाउने हो भने अनुहार सधै नरम भइ राख्छ ।
– तपाईंको अनुहार फुस्रो छ अर्थात सधै ड्राइ भइरहन्छ भने नीमको तेल नाभीमा लगाउदा यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।
– यदि तपाईंमा महिनावारी हुदाँ पेट दुख्ने समस्या छ भने भने ब्राण्डीलाई कटन कपडामा भिजार नाभीमा राख्दा यस्तो समस्या बाट मुक्ति पाउन सकिन्छ ।
–अनुहारमा भएका दागहरु हटाउन नाभीमा नीम्भुको तेल लगाउने गर्नुहोस