जान्नुहोस खाना अनुसार आफ्नो स्वभाव

What's This?


Download our app to get more features

काठमाडौं,४ कार्तिक । सबै किसिमको रस भएको सन्तुलित खानालाई सात्विक आहार भनिन्छ । सात्विक आहार लिने मानिसको सोचाई सन्तुलित हुन्छ । यस्तो खानपान गर्ने व्यक्ति कुनै पनि कुरा गहिरिएर सोच्न सक्ने धैर्यवान र गतिशिल हुन्छ । 

– चिल्लो तथा पिरो बढी भएको मसलेदार खानालाई राजसी आहार भनिन्छ । राजसी खाना मन पराउनेले माछा–मासु प्राय खाइरहेका हुन्छन्  । यस्तो खाना मन पराउनेहरु चाँडै उत्तेजनामा आउने हत्तपत्त नडराउने र शूरो स्वभावका हुन्छन् । 

– आवश्यकताभन्दा बढी गुलिया, अमिलो–पिरो मात्रै वा अन्य कुनै एकै रसयुक्त खानालाई तामसिक आहार भनिन्छ । यस्तो आहार गर्ने मानिसको सोचाइ मन्द किसिमको हुन्छ । उनीहरु शारीरिक रुपमा अल्छी हुन्छन् । वरिष्ठ आयुर्वेद चिकित्सक डा. वासुदेव उपाध्ययले नयाँ पत्रिकामा लेखेका छन् । 

Last modified on 2017-08-13 13:28:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts