सरकारी अस्पतालमा ओपिडी समय १०–५ बनाउने स्वास्थ्य मन्त्रालयको निर्णय अलपत्र

What's This?


Download our app to get more features

काठमाण्डौ, ३ कार्तिक । जनतालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सार्वजानिक वाचा गर्दै स्वास्थ्य मन्त्रालय सम्हालेका थापाले गरेका केही चर्चित निर्णय मध्येको एक हो सरकारी अस्पतालको ओपिडी सेवाको अवधि विस्तार गरेर दश–पाँच बनाउने । दशैं अगावै ओपिडी सेवाको समय विस्तार गरेर पाँच बजेसम्म पुर्याउने निर्णय गरेपनि कार्यान्वयन भने अझै हुन सकेको छैन् ।

साधारणतया दिउसो २ बजेसम्ममात्र सञ्चालन हुने ओपिडी सेवा विस्तार गर्ने स्वास्थय मन्त्रालयले निर्णय गरेपनि त्यसको कार्यान्वयनमा भने व्यवहारिक कठिनाईहरु रहेको सरकारी अस्पतालका अधिकारीहरुले बताएका छन् । मन्त्रालयले सेवा विस्तार गरेर दशपाँच बनाउन परिपत्र गरेपनि प्राय सरकारी अस्पतालले भने यहि अवस्थामा सेवाअवधि विस्तार गर्न नसक्ने जवाफ दिएका छन् । कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन पोखरलेले भने ‘सरकारी निर्देशन आफुहरुले नबुझेको बताए । समय थप्ने भनेको पेयिङ होकी कस्तो हो पनि बुझ्या छैन ।’ निर्देशन स्पष्ट नभएको भन्दै नेपाल चिकित्सक संघ लगायतको रहोवरमा आफुहरुले स्वास्थ्य मन्त्रालयसँग छलफल गरिरहेको पोखरेलले बताए ।

निर्णय लागु गर्नका लागि चिकित्सकको सेवासमय, पारिश्रमिक लगायतका विषय नटुंगिएकोले तत्काल लागू गर्न नसकिएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीकृष्ण श्रेष्ठ बताउँछन् ।

श्रेष्ठ भन्छन् ‘श्रम ऐनमा चिकित्सकलाई साताको ४२ घण्टाभन्दा बढी काम लगाउन नपाइने व्यवस्था छ । दैनिक १०–५ गराउने बित्तिकै रातिको ड्युटी, बिहानको ड्युटी, अनकल सबै मिलाउन गाह्रो हुन्छ । त्यसैले अहिले तत्काल हामीले यो कार्यान्वयन गरेका छैनौं ।’

ओपिडी समय विस्तारु गर्दा चिकित्सकहरुको संरचना कार्यावधी, तलबभत्ताको सुविधा र चिकित्सकीय संरचना सँगसँगै सुधार गर्नुपर्ने उनीहरुको माग छ ।  यसमा नेपाल चिकित्सक संघले पनि साथ दिएको छ । अहिलेकै अवस्थामा ओपिडी बढाउन नमिल्ने भन्दै सरकारलाई पहल गरिरहेको नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डाक्टर ढुण्डी पौडेलले जानकारी दिनुभयो । सेवासमय थप्न सँगसँगै सबै पक्षमा पुनरावलोकन गर्न सर्वपक्षीय छलफल गर्नपर्ने पौडेलको भनाई छ ।  
 

यता स्वास्थ्य मन्त्रालयले पनि समयअवधि थप्न सबै मातहतका अस्पताललाई परिपत्र गरेपनि तत्कालका लागि जिल्ला अस्पतालभन्दा मुनीका स्वास्थ्य संस्थामा मात्र समयावधि थप गर्ने निर्णयमा पुगेको छ ।

जिल्ला अस्पताल र माथिका संरचनामा व्यवहारिक कार्यान्वयनका लागि शशुल्क ओपिडी विस्तार गर्न गृहकार्य गरिरहेको मन्त्रालयका प्रवक्ता भोगेन्द्र डोटेलले बताउनुभयो । 
आफ्नै शैक्षिक कार्यक्रम समेत भएका वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पताल लगायत अस्पतालमा भने एक्सेटेण्डेन्ट हस्पिटल सर्भिस नाम दिएर साँझ पाँच बजेसम्मै ओपिडी सञ्चालन हुँदै आएको छ । 

फोटोः फाइल

Last modified on 2017-08-13 15:37:24

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts