औषधी बिक्री वितरणमा प्रेस्क्रिप्सन अनिवार्य गरिने

What's This?


Download our app to get more features

काठमाण्डौं ३, कात्तिक । औषधि ब्यबस्था बिभागले चिकित्सकको सिफारिस बिना बिक्री वितरण गर्न नहुने औषधिमा कडाइ गर्ने भएको छ । चिकित्सकको सिफारिस बिना बिक्री वितरण गर्न नहुने भनि लेखिएका क र ख बर्गका औषधिलाइ चिकित्सकको सिफारिस अनुसार मात्र बेच्न सबै ब्यबसायीहरुलाई बिभागले आब्हान गरेको छ । 
औषधिको बट्टाको पछाडिपट्टि सावधान चिकित्सकको सिफारिस बिना यो औषधि बिक्रीवितरण गर्न हुँदैन भनेर लेखिएका औषधि समेत अहिले नेपाली बजारमा बिना प्रेस्क्रिप्सन नै बिक्रिवितरण भैरहेको छ । तर अब यस्ता औषधीहरु चिकित्सकको सिफारिसको आधारमा मात्र बिक्री गर्न पाइने बाध्यमत्मक व्यवस्था औषधि बिभागले गर्न लागेको हो । 
नेपालमा ५० प्रतिशत मानिस चिकित्सकको प्रेस्क्रिप्सन बिना नै औषधि खरिद गर्छन् । कतिपय औषधिहरु सेवन गर्न नमिल्ने धेरै अवस्था हुन्छन् । गर्भवती, मुटु रोग भएको, मधुमेह, उच्च रक्तचाप भएको अवस्थामा सामान्य ग बर्गकै औषधि खरिद गरेर सेवन गर्दा पनि त्यसले नराम्रो असर गर्न सक्छ ।  चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्ने र आफु खुशी औषधि सेवन गर्ने प्रवृत्तिका कारण विश्वमा धेरै मानिसहरुले ज्यान गुमाउने गरेका छन् । नियामक निकाय कमजोर बन्दा औषधिको बिक्रीवितरणमा ब्यबस्थापन हुन नसकेको चिकित्सकले नै बताउँदै आएएका छन् । औषधि ब्यबस्था बिभागले पनि सिफारिस बिना जथाभाबी औषधि बिक्रीवितरण भएको स्वीकार गर्दै छिटै नियमन हुने प्रतिबद्दता जनाएको छ । 
नेपालमा अस्पतालमा भोग्नुपर्ने धेरै सास्तीको कारण पनि सर्वसाधारणहरुले अन्दाजको भरमा औषधि पसलमा औषधि खरिद गरेर सेवन गर्ने गरेका छन् । बिरामी हुने बित्तिकै औषधि सेवन गर्नु भन्दा आपूुलाई  लागेको रोग पत्ता लागएर मात्र चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्नु नै बुद्दिमानी हुनेछ । 

Last modified on 2017-08-13 16:52:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts