स्क्रब टाइफसबाट थप एकको मृत्यु
चितवन, २ कात्तिक । स्क्रब टाइफसका कारण चितवनमा थप एक बालिकाको मृत्यु भएको छ ।
कालिका नगरपालिका–६ निवासी १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ । अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार सामान्य ज्वरो आएपछि उनलाई भदौ २८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै चितवनमा स्क्रब टाइफसका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीले जानकारी दिए । यसअघि दुईजना महिलाको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । हालसम्म चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको नमुना परीक्षण गर्दा स्क्रब टाइफस प्रमाणित हुनेको सङ्ख्या २१९ पुगेको छ । रासस
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।