आज र भोलि मुलुकभर भिटामिन ए खुवाइदैं

What's This?


Download our app to get more features

काठमाण्डौं, २ कार्तिक ।  आजदेखि दुई दिनसम्म मुलुकभर राष्ट्रिय भिटामिन ए कार्यक्रम संचालन भएको छ । सरकारको नियमित कार्यक्रम अन्र्तगत आज र भोलि मुलुकभरका ५ बर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने भएको हो । 

५ बर्ष मुनिका बालबिालकालाई अनिवार्य रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउन स्वास्थ्य मन्त्रालयले सवैलाई आह्वान गरेको छ । स्वास्थ्य मन्त्रालय अन्र्तगतको बालस्वास्थ्य महाशाखाले आज र भोलि स्वास्थ्य मन्त्रालयको अनुगमनमा देशभर ठुलो संख्यामा महिला स्वास्थ्य स्वयवसेविका र स्वास्थकर्मी खटाइएको जानकारी दिएको छ ।

आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य चौकी वा घरघरमा आउने महिला स्वास्थ्य स्वयमसेविका मार्फत भिटामिन ए र जुकाको औषधी खुवाउन सकिनेछ । भिटामिन ए को कमिले लाग्ने रोगको रोकथामका लागी सरकारले सन १९९८ देखी बार्षिक रुपमा दुई पटक यो कार्यक्रम संचालन गर्दै आएको छ ।

भिटामिन ए को कमीले भविष्यमा बालबालिकामा रतन्धो कुपोषण, दादुरा लगायतका रोग लाग्ने भएकाले अनिवार्य रुपमा यसको सेवन गर्नुपर्ने चिकित्सकहरुले बताउदै आएका छन् । 

Last modified on 2017-08-13 17:00:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts