भारतमा अस्पतालमा आगलागी हुँदा १९ को मृत्यु
एजेन्सी, २ कार्तिक । भारत ओडिशाको राजधानी भुवनेश्वरमा रहेको एक निजी अस्पतालमा गएराति आगलागी हुँदा कम्तिमा १९ जनाको ज्यान गएको छ ।
भुवनेश्वरमा रहेको सम अस्पतालमा आगलागी भएको हो । अस्पतालको डायलासिस वार्डबाट सुरु भएको आगो फैलिँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको हो । मृत्यु हुनेमध्ये १४ जनाको अन्यत्र अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
आगलागीका कारण अस्पतलाको आइसियु वार्डमा पनि प्रभाव परेपछि बिरामीलाई हतार हतार बाहिर निकालिएको थियो ।
आगलागीमा परि घाइते भएका तथा अस्पतालमा उपचाररत बिरामीलाई निजिकैको अरु अस्पतालमा लगिएको छ । अस्पतालमा उपचाररत अन्य एक सयजनाको अन्य विभिन्न अस्पतालमा उपचार भैरहेको छ । सातवटा दमकल र एक सय २० जना अग्निनियन्त्रकले आगो नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाले आफू दुखी भएको बताउनुभएको छ ।
तस्विरः बीबीसी
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।