मधुमेह भएकाले के खाने ? 



Download our app to get more features

धुमेहका बिरामीका लागि सन्तुलित भोजन गर्न आवश्यक हुन्छ । यस्तो अवस्थामा धेरै खानु भन्द पनि ३ पटक खाना खानु राम्रो हुन्छ । साथै एकदुई पटक सलादको सेवन गर्दा धेरै फाइदा पुग्छ । मधुमेहका बिरामीले खानामा प्रोटिन र कार्बोहाइट्रेडको सन्तुलन मिलाउनु पर्छ । उदाहरणका लागि नास्तामा दुधसँग ब्रेड दिनुपर्छ । खानाको साथमा हरियो सागसब्जीको साथमा दालपनि  खाने । 

यसरी खानाको सन्तुलनमा राख्न सकेमा सुगरको मात्रा सामान्य हुन्छ । कार्बोहाइट्रेडले सुगरको मात्रा छिटो बनाउछ, जबकि प्रोटिनले विस्तारै सुगरको मात्रालाई निश्काषन गर्छ । जसले लामो समयसम्म पेट भरीएको महसुस गराउँछ र धेरै खाना खानबाट बचाउँछ । 

  • ग्लाइसिमिक इण्डेक्स जस्ता खानाले शरीरमा विस्तारै विस्तारै ग्लूकोजमा परिणत गर्छ । जसमा हरियो सागसब्जी, सोया, मुंगको दाल, कालो चना, राजमा, ब्राउन राइस आदि । 
  • खानामा करीब २० देखि ४० प्रति क्यालोरी फाइवर हुन जरुरी छ । गहुँको चोक्कर ननिकाली खानु पर्छ । 
  • दिनभर ४ देखि ५ पटक फलफुल तथा साग सब्जी खाने तर, एकै पटक सबै खानु भन्दा पटक पटक थोरै थारै गरी खानु पर्छ । फलमा चेरी, स्टाँबेरी, स्याउ, सुन्तला, अनार, मेवा, मौसमी आदि ।
  • दैनिक एक मुठ्ठी ड्राइ फुड्स खाने यानी की १० देखि १२ बटा बदाम खान सकिन्छ । 
  • करेला, काक्रा, टमाटर, एलोभेरा र आँमलाको जूस खादा फाइदा पुग्छ । 
  • कम चिल्लो तथा डबल टोन दुध खाने । ग्रीन टी पिउनु मधुमेहका बिरामीका लागि फाइदाजनक हुन्छ । चियाको साथमा हाई फाइबर बिस्कुट लिन सकिन्छ । 
  • कालो नुन राखेर मख्खन, नरिवलको पानी तथा घरमै बनाइएको सूप पिउन सकिन्छ ।
  • नीम र करेलाको पाउडर बनाएर खाना खाएको एक घण्टा पछि एक चम्चा मनतातो पानीको साथमा खाँदापनि मधुमेहका बिरामीलाई फाइदा गर्छ । 
Last modified on 2017-08-13 17:09:10

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts