काठमाण्डौ विश्वविद्यालयको तालाबन्दी फुकुवा



Download our app to get more features

काठमाडौं, १ कार्तिक । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववीयू क्रान्तिकारीले काठमाडौं विश्व विद्यालयमा गरेको तालाबन्दी सोमबारबाट फुकुवा भएको छ । 

पाचँवटा विषयमा सहमती भएपछि ताला खोलिएको अनेरास्ववियु क्रान्तिकारीका मेडिकल शिक्षा संयोजक डा. अच्युत भट्टले जानकारी दिए । क्रान्तिकारीले विश्व विद्यालयमा हुनेमा भर्ना शुल्कमा एकरुपता नभएको, पूर्वाधार नभएका कलेजलाई सम्बन्धन दिएको, परीक्षामा भएको अनियमितता भएको भन्दै असोज १९ गते देखि तालाबन्दी गरेको थियो । 

परिक्षमा भएको धाँधली छानविनका लागि रजिस्टारको संयोजकमा ३ सदस्यीय समिति गठन गरी एक हप्तामा प्रतिवेदन बुझाउने, भर्नाका लागि आह्वान गरिएको काउन्सिलिङ्ग स्थगन गर्ने, सरकारले तोकेको शुल्क अनिवार्य रुपमा लागु गर्ने जस्ता सहमती भएको भट्टले बताए । 
 

Last modified on 2017-08-13 17:10:26

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts