बीपीमा ५ बजे सम्म ओपिडि सेवा सुरु



Download our app to get more features

इटहरी, १ कार्तिक । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब अपरान्ह ५ बजेसम्म ओपिडि (वहिरङ्ग) सेवा सुरु भएको छ । यसअघि जेनेरल ओपिडि बाहेक अन्य ओपिडिहरु १ बजेसम्म मात्र सञ्चालन हुने गरेको थियो ।नेपाल सरकार स्वास्थ्य मन्त्रालयवाट स्वास्थ्य सेवा प्रवाह गर्ने सरकारी संस्थाहरुले अपरान्ह ५ बजेसम्म बहिरङ्ग सेवा उपलब्ध गराउन निर्देशन भई आएको हुँदा सोही निर्देशन बमोजिम सेवा सुचारु गर्न प्रतिष्ठानले सम्बन्धित विभागहरुलाई अनुरोध गरिसकेको प्रतिष्ठानका अस्पताल निर्देशक प्राध्यापक डा. अरविन्दकुमार सिन्हाले बताए  । 
छाला, नाककान घांटी, मेडिसिन, बच्चा, हाडजोर्नी, आंँखा र एनेस्थेसिया सम्बन्धि केही रोगहरुको सम्बन्धमा भने प्रतिष्ठानले अपरान्ह २ बजेपछि विशेषज्ञ उपचार क्लिनक (क्गउभच क्उभअष्बतिथ ऋष्लिष्अ ) सञ्चालन गरी विशेषज्ञ सेवा दिंदै आएको थियो । प्रतिष्ठानमा मन्त्रालयको निर्देशन कार्तिक १ सोमवारदेखि कार्यान्वयनमा आएको र यसवाट बिरामीहरुलाई थप स्वास्थ्य उपचार सेवा लिन धेरै सहज हुनुका साथै ठूलो राहत पुग्ने प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले बताए । स्वास्थ्य मन्त्रालयले प्रतिष्ठान सहित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान महावौद्ध, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाण्डौं लगायत स्वास्थ्य मन्त्रालय मातहतका अस्पताललाई बहिरंग सेवाको समय थप गर्न निर्देशन दिएको  थियो । 
                                        

Last modified on 2017-08-13 17:14:32

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts