स्वदेशी औषधि उत्पादकले बोलपत्र हालेनन्



Download our app to get more features

काठमाडौं, १ कात्तिक । स्वास्थ्य मन्त्रालयले निःशुल्क औषधि वितरणका लागि आह्वान गरेको बोलपत्रमा स्वदेशी औषधि उत्पादक कम्पनीले बोलपत्र हालेनन् । 

मन्त्रालयले इतिहासमा नै पहिलोपटक गत असोज महिनामा सो बोलपत्र आह्वान गरेको थियो । मन्त्रालयले आफ्ना मातहतका स्वास्थ्य संस्थाबाट वितरण गर्ने विभिन्न ७० प्रकारका औषधिका लागि बोलपत्र आह्वान गरेको थियो । 

मन्त्रालयको उच्च स्रोतका अनुसार विदेशी औषधि उत्पादन कम्पनीले मात्र बोलपत्र हालेका छन् । कुन कुन कम्पनीले बोलपत्र हाले भन्ने जानकारी मन्त्रालयले सार्वजनिक गरेको छैन । 

स्वदेशी औषधि कम्पनीले लागत मूल्यभन्दा कम मूल्य मात्र पाइने भएकाले बोलपत्र नहालेको बताइएको छ । स्वास्थ्यमन्त्री गगन थापाले सो कुराको पुष्टि गर्दै भने – ‘मन्त्रालयले औषधिका लागि आह्वान गरेको बोलपत्रमा स्वदेशी औषधि उत्पादन कम्पनीले बोलपत्र दर्ता गराएनन् ।’ रासस 

Last modified on 2017-08-13 17:16:43

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts