किन आउँछ डण्डीफोर ?



Download our app to get more features

अधिकांस किशोर किशोरी र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारणले डण्डिफोर आउने गर्छ । यो अप्रिय स्थितिको असर तपाईंको आन्तरिक स्वास्थ्यमा पनि पर्न सक्छ । डण्डिफोर विशेषगरी अनुहारमा आउने गर्छ । यही डण्डिफोर तपाईंको आन्तरिक स्वास्थ्यको चित्रणसमेत हो । कुनै व्यक्तिहरुलाई डण्डिफोरले निकै सताइरहेको हुन्छ, यसको कारण बारे थाहा नभएर उचित उपचार पनि गर्न सकिरहेको हुँदैन । 

निधारमा डण्डिफोरः निधारमा डण्डिफोरका कारण पाचनमा गडबडी अथवा आहारमा पानीको कमीका आउने गर्दछ । पाचनमा गडबडी र आहारमा पानीको कमीले शरीरमा  टक्सिनको निर्माण हुने गर्छ । यसबाट बच्नका लागि आहारमा एन्टीअक्सीडेन्टयुक्त खाद्य पदार्थका साथै ग्रीन टी र पानीलाई भरपुर मात्रामा समावेश गर्नुपर्छ । यसका साथै सोडा र डेरी उत्पादनको सेवन कम गर्नु उपयुक्त मानिन्छ ।

आँखाको बीचमा र नाकको माथि डण्डिफोरः यो ठाउँमा डण्डिफोर आइरहन्छ भने तपाईंको फोक्सोसम्बन्धि रोग छ भन्ने बुझ्नुहोस् । खानाको गलत बानी व्यवहार, राती ढिलासम्म खाना खाने अथवा खानामा पनिर अथवा क्रिमको मात्रा बढी हुनु हो । राती चिल्लो पदार्थको सेवन गरेमा शरीरभित्र टोक्सिन निर्माण हुने गर्दछ । यस कारण यो स्थानमा डण्डिफोर नआओस् भन्ने चाहनुहुन्छ भने स्वस्थ र सक्रिय जीवनशैलीद्वारा आफ्नो फोक्सोलाई स्वस्थ राख्नुहोस् ।

चिउँडोमा डण्डिफोरः चिउँडोमा डण्डिफोर सानो आन्द्रासँग सम्बन्धित हुने गर्दछ । आफ्नो आहारबाट तारेको भुटेको र मसालेदार भोजनको जाँच गरेर तपाईं आफ्नो पाचनमा सुधार ल्याउन सकिन्छ । यसका साथै यस्तो खाद्य पदार्थलाई आफूसँगै नराख्नुहोस् जसले तपाईंको पिम्पलको लागि एक ट्रिगरको रुपमा काम गर्दछ ।

गालामा डण्डिफोरः गालाको डण्डिफोर श्वास प्रणालीसँग सम्बन्धित हुने गर्दछ । प्रदुषित हावामा श्वास लिएका कारण तपाईंको गालामा पिम्पल्स देखिने गर्दछ । धुम्रपान अथवा निस्क्रिय धुम्रपान पनि यसको मुख्य कारण बन्ने गर्छ । प्रदुषण यसको लागि अर्को कारण हो । यसका साथै मोबाइल फोनको प्रयोग पनि डण्डिफोरको कारण बन्ने गर्दछ । तपाईंको मोबाइलमा एकत्रित भएको किटाणुको फोहोर तपाईंको अनुहारमा सर्ने गर्दछ । सधैं आफ्नो मोबाइललाई नियमित रुपमा सफा गर्ने बानी बसाल्नुहोस् ।

ओठको आसपास डण्डिफोरः ओठको वरिपरी डण्डिफोरको अर्थ पाचन प्रणालीमा गडबडी हो । यदि तपाईं पेटमा दुखाई र कब्जियतलाई पटक–पटक अनुभव गरिरहनुभएको छ भने तपाईं निकै संवेदनशील र कमजोर हुनुहुन्छ । तपाईंले आफ्नो शरीरमा चिन्तित हुन आवश्यक छ । आफ्नो आहारामा फाइबरयुक्त खानेकुरा संलग्न गर्नुहोस् । र प्रत्येक खाना पछि एक कप ग्रिन टी पिउनुहोस् ।

बंगाराको रेखामा डण्डिफोरः थुप्रै महिलाहरु महिनावारीको क्रममा बंगाराको लाइनमा डण्डिफोर नोटिस गर्ने गर्दछन् । अनुहारको यो हिस्सा हर्मोनसँग सम्बन्धित हुन्छ । र कुनै पनि प्रकारको हर्मोनल परिवर्तन अथवा असन्तुलन डण्डिफोरको कारण बन्ने गर्दछ । यो ठाउँमा डण्डिफोरको सम्भावना कम गर्नको लागि शरीरलाई चाहिने पानी पिउनुहोस् र पर्याप्त निदाउनुहोस् ।

नाकको आसपास डण्डिफोरः अचानक नाकको वरिपरि ठूलो र सुन्निएको डण्डिफोर हुनु प्रजनन प्रणालीमा परिवर्तन हुनु अथवा अण्डाशयसँग जोडिएको रोग हुनसक्छ । नाकमा डण्डिफोर हृदय प्रणालीको समस्याको संकेत पनि हुनसक्छ । मुटुमा भिटामिन बी र प्रोटिनको कमी पनि हुनसक्छ । तपाईंको छालामा पोषक तत्व र ब्लड सर्कुलेसनको कमीबाट पनि ग्रस्त हुन्छ । यो समस्याबाट बच्नका लागि आफ्नो आहारमा भिटामिन बी, हरियो तरकारी, फलफूल, माछाको मात्रा बढाउनुहोस् ।

एजेन्सीको सहयोगमा 
 

 

Last modified on 2017-08-13 17:18:13

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts