यात्रामा छुटाउन नहुने औषधि



Download our app to get more features

यात्रामा निस्किनुअघि औषधि बोक्न बिसर्नु हुँदैन ।

तपाईं कस्तो ठाउँ र कुन उद्देश्यले जाँदै हुनुहुन्छ, सोअनुसार औषधि बोक्नुपर्छ । आवश्यक औषधिको व्यवस्था मिलाउँदा म्याद सकिएको छ/छैन राम्ररी हेर्नुपर्छ ।

  • यात्राका क्रममा बाहिर खाना खानुपर्ने हुन्छ । यस्तोमा पेट दुख्ने तथा पखाला लाग्ने सम्भावना हुन्छ । त्यसैले मेट्रोनिडाजोल, ओआरएस, लोपेरामाइड साथमा रँख्नुपर्छ ।
  • लामो दूरीको यात्रामा वाकवाकी लाग्ने र बान्ता हुने गर्छ । त्यसैले त्यस्ता व्यक्तिले यात्रा सुरु गर्नुभन्दा करिब आधा घन्टाअगाडि अन्बामसेट्रोन, प्रोमेथाजिनजस्ता औषधिको प्रयोग उचित हुन्छ ।
  • यात्रामा कसैलाई खानपानका कारण शरीरमा एलर्जी हुने गर्छ । सेट्रिजिन औषधि साथमा रहेमा यस्तो समस्याबाट पार पाउन सकिन्छ ।
  • लामो दूरीको यात्रामा कहिलेकाहीँ विभिन्न समस्याले सही समयमा खानपिन गर्न सकि“दैन । जसले गर्दा ग्यास्ट्राइटिसका रोगीलाई टाउको दुख्ने, बान्ता हुनेलगायतको समस्या देखापर्न सक्छ । त्यसबाट बच्न एसिलक, डाइजिन, पेन्टोप्लाजोल बोक्नु फाइदाजनक हुन्छ । यदि ग्यास्ट्रिकको समस्या धेरै भएमा ओमिप्राजोल प्रयोग गर्न सकिन्छ ।
  • लामो यात्राले शरीरमा पीडा हुन सक्छ । कहिलेकाहीँ टाउको दुख्ने तथा ज्वरो पनि आउन सक्छ । बु्रसेट, सिटामोल, निम्स, निमोलिडलगायत पनि प्रयोग गर्न सकिन्छ ।
  • ट्रेकिङ गर्दा शरीरमा घाउचोट पनि लाग्न सक्छ । त्यस्तो वेला झट्ट औषधि पसल पुग्न सम्भव हुँदैन । त्यसैले ह्यान्डीप्लास्ट, ब्यान्डेजलगायत प्राथमिक उपचारका सामग्री बोक्नु फाइदाजनक हुन्छ ।
  • दैनिक खाँदै आएको औषधि बोक्न पनि नभुल्नुहोला । किनकि, यी औषधि यात्रामा मात्र नभएर तपाईं त्यस ठाउँमा बसुन्जेल चाहिन्छ । दुर्गम ठाउँमा जाँदै हुनुहुन्छ भने तपाईंले प्रयोग गरिरहेको औषधि त्यहाँ नपाइन पनि सक्छ ।
  • यदि उचाइ बढी हुने पहाडी इलाकातिर घुम्न जाँदै हुनुहुन्छ भने अक्सिजनको कमीले समस्या पार्न सक्छ । शरीरका विभिन्न भाग दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या हुने हुन्छ । एसिटाजोलामाइड, हाई अल्टिच्युटमा जाँदा बोक्न बिर्सनु हुँदैन ।
  • यात्रामा धुवाँ, धुलो, रुघाखोकी, क्षयरोग, भाइरल इन्फ्लुएन्जालगायत विभिन्न खाले श्वासप्रश्वास रोगबाट बच्न मास्कको प्रयोग उचित मानिन्छ ।
  • नयाँ पत्रिका दैनिकबाट
Last modified on 2017-08-13 17:34:35

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

1 Comments

  1. साइड इफ़ेक्ट हुन्न र शुगर वा बीपि का प्यासेंट लाई?


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts