जनकपुरको 'आर्या अस्पतालको लापरवाहीले' गर्भवतीको ज्यान गयो, चिकित्सक फरार 



Download our app to get more features

असोज ३०, जनकपुरधाम । जनकपुरको नीजि अस्पताल तथा नर्सिंग होमको चरम लापरवाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएको छ । गर्भवती महिलाको मृत्यु पछि उपचारमा संलग्न चिकित्सक फरार भएका छन् ।

जनकपुर अञ्चल अस्पतालको अगाडि नै रहेको आर्या केयर एण्ड क्यूर नीजि अस्पतालको लापरवाहीका कारण उपचारका लागि भर्ना भएकी धनुषा जिल्लाको विकम्पुर निवासी किरण यादवको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।  ९ महिनाकी गर्भवती रहेकी यादवलाई उपचारका लागि शनिवार उक्त अस्पतालमा भर्ना गरिएको थियो । तर उनका उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विषेशज्ञ चिकित्सक विजय सिंहको लापरवाहीका कारण आईतबार १० बजे मृत्यु भएको मृत्तक यादवका बुबा राजेश्वर यादवले दुखेसो पोखे । 

बिरामीको अवस्था गम्भिर बन्दै गएपछि चिकित्सक सिंह अस्पताल बाहिर निस्केको उनले बताए । अस्पतालका अन्य कर्मचारीहरुलाई विहानैदेखि विरामीको अवस्था बारे जानकारी गराउँदा समेत कुनै चासो नराखेको यादवले बताए । गर्भवती यादवलाई जनकपुरको ओम क्लिनिकमा डा.विजय सिंहले चेकचाँच गरेपछि आर्या अस्पतालमा भर्ना गरिएको अस्पतालका कर्मचारी डा.प्रियरंजनले स्वीकारेका छन् ।

मृतक यादवको यस अघि क्लिनिकमा चेकजाँच हुँदै आएको थियो । शनिबारदेखि अस्पतामा भर्ना गरिएको थियो । तर अस्पतालले भने यसको खण्डन गरेको छ । भर्ना भएलग्तै बिरामीका परिवारजनलाई रगतको व्यवस्था गर्न भनेको तर बिरामीको आफन्तले रगतको व्यवस्था गर्न नसक्दा बिरामीको मृत्यु भएको अस्पतालका डा.प्रियरंजनले जिकिर गरेका छन् ।

जनकपुर अञ्चल अस्पतालमा समेत कार्यरत रहेको डा.सिंह पटक पटक विवादमा तानिदैं आएका छन् । मृतक गर्भवती एक छोराकी आमा हुन् । उनलाई डा.सिंहले नै उपचार गर्दै आएको परिवारजनले जनाएको छ । यता, मृतक सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा डा.सिंहको मोबाईलमा सम्पर्क हुन सकेन् ।

Last modified on 2017-08-13 17:35:43

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts