क्लिन्टनले ‘शक्तिवर्धक औषधि लिएको’ ट्रम्पको आरोप
एजेन्सी, ३० असोज । अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्पले प्रत्यक्ष टेलिभिजन बहस पुर्व आफ्ना प्रतिद्वन्द्वी हिलारी क्लिन्टनले शक्तिबर्धक औषधि प्रयोग गरेको आरोप लगाएका छन्
ट्रम्पले यौन दुर्व्यवहार गरेको भन्ने ताजा आरोपहरु सार्वजनिक भइरहेका बेला ट्रम्पले क्लिन्टन माथि यस्तो सार्वजनिक आरोप लगाएका हुन् ।
आरोप लगाउंदै ट्रम्पले आफूहरु दुवैले कुनै किसिमको शक्तिवर्द्धक औषधि प्रयोग गरेको वा नगरेको भन्नेबारे परीक्षण हुनुपर्ने जिकिर गरेका छन् ।
पछिल्लो टिभि बहसका समयमा क्लिन्टन बढी नै उत्साही भएको तर पछि उनलाई आफ्नो कारसम्म पुग्न पनि मुस्किल भएको ट्रम्पले बताएका छन् ।
उनले भनेका छन्, “हामीले शक्तिवर्द्धक औषधि लिए नलिएको बारे परिक्षण गर्नुपर्छ । जे भए पनि म परिक्षणका लागि तयार छु ।“
क्लिन्टनको चुनावी अभियान टोलीले ट्रम्पको त्यस्तो आरोपलाई खण्डन गर्दै अपमानजनक आरोप भएको बताएका छन् । उनीहरुले भनेका छन् उनले चुनावी महत्व घटाउन गरेका लज्जास्पद प्रयास सबैले बुझेको बताएको छन् ।
एजेन्सीको सहयोगमा
Reporter
View Other Stories by Author >>