सन्ध्या शाहीको अकाल मृत्युले सिकाएको पाठ
दन्त्य कथामा सुने जस्तो भाव सहितको मृत्युको पर्खाइमा रहेको बेला एउटी जुम्लाकी युवती सन्ध्या शाहीको समग्र उपचार पद्धतिको बारेमा केही समय अघि स्वास्थ्य मन्त्रीलाई लेखेको पत्रले धेरेको मन भावविहील बनायो ।
जुन पत्रलाई धेरै संचार माध्यमले समेटेका थिए भने सामाजिक संचालमा पनि निकै चर्चा चलेको थियो । यतिबेला शाहीले दुःखद निधन भैसकेको छ । तर उनले पत्रमा लेखेको कमजोर र प्रभावहीन स्वास्थ्य प्रणाली भने उस्तै छ । शाहीद्वारा लेखिएको पत्रले नेपालमा रहेको स्वास्थ्य वितरण प्रणालीका साथै स्वास्थ्य क्षेत्रमा प्राथमिकताका साथ गनिु पर्ने सुधारको आवश्यकताको वास्तविकता झल्काएको छ । सामान्य परीक्षणको अभावमा उनको रोगले जुन विकराल रुप लियो त्यो नै उनको मृत्युको कारण बन्यो । परीक्षणको अभाव भएको ठाउšमा स्वास्थ्य उपचारको उचित व्यवस्था होला भनेर त कल्पना पनि गर्न सकिन्न । सेवा उपलब्ध नभएकोले जुम्ला जस्तो दुर्गम ठाउšमा उनले क्यान्सरको समयमा नै उचित परीक्षण गराउन नसक्दा रोगले बिकरालरुप लिएको थियो । वीपी प्रतिष्ठानका म स्वयम् कार्यरत हुšदा पनि इटहरी नजिकैको एक गाउका एक व्यक्ति मष्तिस्कमा भएका ट्युमरकोे पहिचान हुन नसक्दा उनी सिकिस्त अवस्थामा अस्पतामा आएको र ट्युमर ब्लिडका कारण भएको मष्तिस्कघातबाट सो बिरामीको निधन भएको विषयबाट पनि हामीले अनुमान लगाउन सक्छौ की न त पहाडमा न तराईमा रोग पहिचानको आवश्यक सेवा प्रभावकारी छ । यी त उदाहरण मात्र हुन वास्तविक आšकडा त डरलाग्दो होला । विगतमा पनि नेपालको दुर्गमा इलाकामा स्वास्थ्य उपचारको अभावमा, अझ भन्नु पर्दा रोगको सही पहिचान र त्यस अनुसारको उपचार हुन नसक्दा धेरै सर्वसाधारणको मृत्यु भएको छ । संचार माध्यमहरुले पनि त्यस्ता गाथाहरुलाई कागजमा र श्रव्य–दृष्यरुपमा उतार्ने नै गरेका थिए, सम्बन्धित निकाय सुने जस्तो गरेकै हुन्थ्यो तर पनि समग्रमा नेपालको स्वास्थ्य वितरण प्रणालीमा ठोस सुधार हुन सकेन, किनकी सरकारले स्वास्थ्य क्षेत्र जस्तो गभ्भीर विषयलाई सहज साधारणरुपमा लियो । बास्तवमा आम नेपाली जनताले सहज र सुलभ भनिएको स्वास्थ्य सेवा प्राप्त गर्न सकेका छैनन् ।
सरकार स्वास्थ्य क्षेत्रको ठूला ठूला परियोजना र नीति भन्दै त्यतै व्यस्त छ तर अकालले कसैलाई पनि पर्खदैन जब सम्म उपचारको व्यवस्था उचितरुपमा गरिंदैन् र काल समय भन्दा पहिला आउšदैन् त्यसैले कालगतिको मृत्युको दोषी नभए पनि सरकार अकालको मृत्युको जिम्मेबार अवश्य हो ।
स्वास्थ्य क्षेत्रमा रोगको गम्भीरताको विषयलाई निकै महत्वका साथ लिईन्छ र रोगको गम्भीरताको आधारमा उपचारको प्राथमिकता तय गर्ने गरिन्छ । विरामीको त्यसै अनुसार बर्गीकरण गर्दै सिकिस्त विरामीलाई पहिला र अन्यलाई पछि उपचार गर्ने गरिन्छ । स्वास्थ्य क्षेत्रमा जीवन रक्षा प्रमुख विषय हो किनकी मृत्यु पश्चात चिकित्सकीय पद्धतिको कुनै औचित्य छैन् । त्यसैले सरकारले जीवन रक्षालाई प्रमुखतामा राखी स्वास्थ्य सेवाको विस्तार गर्नु आवश्यक छ । ठूला परियोजना र सैद्धान्तिक कुराले अवश्य पनि दिर्घकालिनरुपमा स्वास्थ्य क्षेत्रको सुधारमा टेवा पु¥याउँछ तर अकालको मृत्यु कसैका लागि पर्खदैन् । त्यसैले आधारभूत रोग परीक्षणका, स्वास्थ्य सेवा तथा औषधिको सहज र शुलभ उपलब्धताको व्यवस्था सरकारको प्राथमिकतामा पर्नु पर्दछ र त्यसै अनुसारको कार्य अगाडी बढाईनु पर्दछ । संचार माध्यमको सहयोगमा कति बिरामीले आर्थिक सहयोग पाएर उपचार पनि गरे होलान तर शाहीको त्यो भावना देखिएन, उनले त सबै नेपाली झै समग्र स्वास्थ्य प्राणलीको सुधारको लागि आफ्नो विचार राखिन्, महज उनको आफ्नो उपचारको चाहना रहेन रहेछ, यो उनको महानता हो । समग्र स्वास्थ्य सेवाको सहजता आम जनताले महशुस गर्नु पर्छ, यो चाहना प्राध्यापक गोविन्द केसी मात्र नभएर, १९ वर्षिया शाहीको पनि हो, तपाईको पनि हो, मेरो पनि हो अनी आम नेपाली जनताको पनि हो । सम्बन्धित विषयको मेरो अध्ययनको आधारमा भन्ने हो भने सबै भन्दा पहिला सरकारले जनतालाई सहज र सुलभरुपमा आधाभूत स्वास्थ्य सेवाको अनुभूति गराउन सक्नु पर्दछ जसबाट अहिले पनि हजारौको ज्यान जोगाउन सकिन्छ, यही विषय सकारकाको प्राथमिकतामा हुनु पर्दछ । सुगम स्थानमा मात्र होइन नेपालको भौगोलिक विकटता भएको स्थानमा पनि स्वास्थ्य सेवाको सहज उपलब्धता आजको आवश्यकता हो ।
सन्ध्या शाहीले न त प्रदेश अनुसारको ठूला मेडिकल कलेज स्थापनाको चासो राखेकी छिन् न त ठूला अस्पतालको निर्माणको, न त उनले बिरामी संतुष्टी वा पारदर्षिताको विषय उठाएकी छिन न त गुणस्तर शिक्षा मार्फत स्वास्थ्य क्षेत्रको सुधार भन्ने सौद्धान्तिक विषयको । उनले त केवल हाल उपलब्ध स्वास्थ्य जनशक्ति तथा सेवाहरुको उचित व्यवस्थापन गर्दै ग्रामीण इलाकामा पनि सहज र शुलभ व्यवस्था मिलाउन सरकारलाई गुहारकी छिन् ।
स्वास्थ्य क्षेत्रमा न्यायको मुल्य मान्यतालाई स्थापित गर्ने हो भने यो सम्भव पनि छ । वर्तमान स्वास्थ्य सेवा केन्द्रहरुको स्त्तरोन्नती, आवश्यक भौतिक पूर्वाधार विकास, रोग पहिचानको उचित व्यवस्थापन, सौहादपूर्ण अस्पतालीय बातावरणमा उपचारको व्यवस्था, स्वास्थ्यकर्मी बस्ने वातावरणको निर्माण, आवश्यक स्वास्थ्य जनशक्तिको उचित व्यवस्थापन तथा स्वास्थ्य क्षेत्रमा न्यायको मुल्य मान्यता कायम गर्ने प्रथाबाट यो सम्भव हुने देखिन्छ ।
प्राध्यापक केसीले उठाएका विभिन्न ठूला परियोजनाका विषय आवश्यक त छन तर यसको प्रभाव दशकौ पछि मात्र हुनेछ त्यसैले जरुरी त छन् तर अति आवश्यक मानिएको सहज र शुलभ स्वास्थ्य सेवा तत्कालै जनताले पाउने छैनन् र जनता अकालमा मृत्युवरण हुन नै पर्ने छ, विभिन्न देशको अध्ययन तथा मैले गरेको सम्बन्धित विषयको अध्ययनबाट पनि यही बुझिन्छ । गहिरिएर अध्ययन गर्ने हो भने अहिले आम नेपाली जनताको चाहना नेपालको सबै भूभागमा सहज र शुलभ स्वास्थ्य सेवाको विस्तार मात्र हो । भले संचार माध्यममा ग्रामीण इलाकाको समस्या उठाउन सकेनन होला तर दुःखद वास्तविकता धेरै छन्, शाही जसतै पिडित हजारौ छन् । सरकारले पनि स्वास्थ्य क्षेत्रको समस्याका गम्भीरताको ट्रियाज गर्नु आवश्यक छ र त्यसै अनुसार प्राथमिक विषयमा पहिला कदम उठाउनु आवश्यक छ ।
विश्वास छ उर्जावान युवा स्वास्थ्य मन्त्री माननीय गगनकुमार थापा यस विषयमा अवश्य चासो राख्नु हुने छ । उचित परीक्षण र उपचारको अभावमा सन्ध्या शाही जस्तै धेरैको अकालमा हुने मृत्यलाई केही हद सम्म रोक्ने प्रायास गर्नु हुनेछ । अन्तमा मृत्यु कसैको बसमा छैन् तथापी सन्ध्या शाहीको जस्तो अकाल मृत्यु कसैको पनि नहोस्, इश्वरसंग प्रार्थना गर्दछु । उनको र आम नेपाली जनताको चाहना अनुरुपको आधारभूत स्वास्थ्य सेवा वितरणको व्यवस्था सरकारबाट चाडो हुने अपेक्षा पनि राख्दछु ।
लेखक दक्षीण भारतमा व्यवस्थापन तर्फ अस्पताल व्यवस्थापन विषयमा स्नाकोत्तर दोश्रो वर्षमा अध्ययनरत छन् ।
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।