इन्टरनेटमा खोजी गरी औषधि सेवन गर्नु खतरानक
एजेन्सी, २९ असोज । हिजोआज कतिपयले गूगल लगायत इन्टरनेटमा खोजेर औषधि सेवन गर्ने गरेका छन् । तर गूगलमा हरेक किसिमका औषधि हुँदैनन् । अर्थात विशेष किसिमका रोगका नहुन पनि सक्छ । आफ्नो उपचारका लागि गुगल र यसका लक्षण आधारमा खोजी गर्नु घातक प्रमाणित हुन सक्छ । यसरी लक्षणका आधारमा गुगलमा खोजेर औषधि सेवन गर्न विभिनन किसिमका साइड इफेक्ट हुनसक्छ ।
बिरामीको पहिचानमा गल्ती
टाउको दुख्नु, वाकवाकी लाग्नु धेरै रोगको लक्षण हुन सक्छ । लक्षणको आधारमा इन्टरनेटमा खोजी गरी औषधि सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक सावित हुन सक्छ । त्यसैले लक्षण अनुसार चिकित्सकको सल्लाह बमोजिम रोगको उपचार गर्नु पर्छ, ताकी गुगलमा खोजी गरेर होइन ।
औषधिको साइड इफेक्ट
गुगनलमा खोजी गर्दा सामान्यतया दुखाइ कम गर्ने औषधिको दुरुपयोग बढी मात्रामा हुन जान्छ । दुखाई कम गर्दा पेटमा सूजन हुन सक्छ, जसका कारण अल्सर वा रक्तश्रावको कारण बन्न सक्छ । यस्ता औषधि उच्च रक्तचापका बिरामीका लागि खतरा चार गुुण बढ्न जान्छ । महत्वपूर्ण गर्भधारणको समयमा सबै प्रकारका औषधिबाट बच्नु पर्ने हुन्छ । सुरक्षित औषधिपनि विशेष समयमा गर्भधारणको पहिलो चरणमा बच्चामा नराम्रो असर गर्नुको साथै बच्चा विकलाङ्ग जन्मन सक्छ ।
औषधिको प्रभाव नहुनु
डाक्टरको सल्लाह बिना एन्टियोवायोटिकको सेवन गर्नु हुदैन । अन्यथा त्यसले शरीरको प्रतिरोधक पैदा गर्छ र गम्भीर संकटको समयमा बिरामीमा रोग सँग लड्ने क्षमता एन्टिवायोटिकको असर शरीरमा नहुने हुन्छ । जसका कारण बिरामीको ज्यान समेत जान सक्छ ।
औषधिको मात्रामा असर
बिरामीको लागि सबै भन्दा खतरा औषधिको मात्रा नमिल्दा हुन्छ । औषधिको अपयाप्त मात्रा बिरामीलाई निको बनाउनु भन्दा पनि रोगको उपचार लामो समय लाग्ने हुन्छ । साथै अत्याधिक मात्रामा सेवन गर्नु शरीरका लागि हानिकारक हुनसक्छ । त्यसैले लक्षणको आधारमा इन्टरनेटको खोजी गरी औषधि सेवन गर्नु शरीका लागि घातक हुन्छ ।
औषधि सेवनको गलत तरिका
सबै प्रकारको औषधि एकै किसिमले सेवन गरिँदैन । औषधि सेवन गर्ने फरक फरक तरिका हुन्छ । त्यसैले औषधि सेवन गर्नु भन्दा पहिला औषधिको बारेमा जान्न जरुरी हुन्छ । कुन औषधि कति मात्रामा सेवन गर्ने, कुन किसिमले सेवन गर्ने । यदि औषधिको सहि तरिकाले सेवन नगर्दा त्यसको असर कम पर्नुका साथै त्यसले शरीरलाई हानी समेत गर्न सक्छ ।
तसर्थ लक्षणका आधारका गुगलमा खोजी गरी औषधि सेवन गर्नु भन्दा चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नु उत्तम हुन्छ ।
एजेन्सीको सहयोगमा
Reporter
View Other Stories by Author >>