नेपालमा ६६ प्रतिशतको अन्धोपना उपचार गर्न सकिने
काठमाण्डौं, २८ असोज । दृष्टि जोगाउने शक्तिका लागी एकताबद्ध होऔं, विश्व दृष्टि दिवस मनाआंै’ भन्ने नाराका साथ उपचार र रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरुबारे विश्वभर चेतना फैलाउनका लागि बिहीवार विश्व दृष्टि दिवस मनाइएको छ ।
।
विश्व स्वास्थ्य संगठनले विश्वबाट अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न हरेक वर्ष अक्टोवर महिनाको दोस्रो विहिवगारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउने गरिएको छ ।
विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीकोे सन् २०१० को अध्ययनलाई आधामानी विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म विश्वमा उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ ।
उक्त लक्ष्यलाई पूरा गर्न तिलगंगा आँखा प्रतिष्ठानले विभिन्न निकायहरुसँग सहकार्य गर्दै आइरहेको छ । नेपाल सरकारले पनि आफू उक्त संगठनको एक सदस्य राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा VISION 2020 कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना (२००१–२०१९) लागु गरेको छ ।
नेपालमा अन्धोपना सम्वन्धि केहि तथ्यहरु
- नेपालमा अनुमानित १ लाख मानिसहरु दृष्टि विहीन छन् (३ मिटरको दुरीबाट औंला गन्न नसकिने अवस्था)।
- नेपालमा अनुमानित २.५ प्रतिशत (५० वर्ष र माथिका) मानिसहरु दृष्टि विहिन छन् ।
- उपचार गर्न सकिने अन्धोपना – ६६ %
- रोगथाम गर्न सकिने अन्धोपना– १६ %
अन्धोपनाका मूख्य कारणहरु
- मोतिविन्दु र यस सम्बन्धित – ६५ %
- आँखाको पर्दा जन्य रोगहरु– ९ %
- जलविन्दु– ५%
- आँखाको नानीमा हुने अन्धोपना– ६ %
- दष्टिदोष– ४ %
अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सी (International Agency for the Prevention of Blindness-IAPB) ले पहिचान गरेका मूख्य सूचनाहरु तथा तथ्यहरु
- विश्वमा हरेक ५ जनामध्ये ४ जना मानिस अनावश्यक रुपमा दृष्टिविहिन हुन्छन् । हटाउन सकिने अन्धोपना, अब नबढाऊँनका लागि आउनुस् सबै मिलेर सहकार्य गरौ ।
- संसारमा झण्डै २८ करोड ५० लाख मानिसहरुमा दृष्टि कम र अन्धोपना रहेको देखिएको छ । जस मध्ये हटाउन सकिने अन्धोपना कुल दृष्टिविहिन हुने कारणमध्ये ८० % भएको पाइएको छ । जस मध्ये ३ करोड ९० लाख मानिसहरुमा अन्धोपन देखिएको छ र २४ करोड ६० लाखमा दृष्टि दोष देखिएको छ ।
- संसारमा अनुमानित १ करोड ९० लाख बाल बालिकाहरुमा दृष्टि दोष (Visual Impairment) देखिएको छ ।
- कूल दृष्टि दोष मध्ये झण्डै ६५% मानिसहरु ५० वर्ष र माथिका उमेरका छन् ।
- दृष्टिदोष भएका मध्ये ९० % मानिसहरु विकासोन्मूख देशमा बसोबास गर्दछन् ।
- आँखा स्वास्थ्यमा लगानी– आखाँ सेवा सम्बोधन गर्न, आवश्यक वजेट विनियोजन गरौ ।
- आँखा स्वास्थ्यमा आवश्यक मानवसंसाधनको माग सम्बोधन गर्न, तालिम, नविनतम र खोजमा लगानि गर्रौ ।
- आँखा स्वास्थ्य सेवा हरेक तहका स्वास्थ्य प्रणालीमा एकिकृत गरौ ।
- अतिविपन्नका लागि आँखा स्वास्थ्य सेवा निशुल्क गरौ ।
- विश्वका सवैजसो मुलुकमा पाको उमेरको जनसंख्या वढ्दै गईरहेको पृष्ठभुमिमा ठुलो जनसंख्या उमेरका कारणले निम्त्यउने अन्धोपनाको जोखिममा रहेको छ ।
फाईल तस्वीर
Reporter
View Other Stories by Author >>