किसमिसले कलेजो सफा गर्नुहोस्

एजेन्सी, २८ असोज । आजको दुनियाँमा रमाउने नवयुवक युवतिहरु स्वास्थ्य प्रति खासै ध्यान दिदैंनन् । जसका कारण धेरैलाई कलेजो सम्बन्धी रोग लाग्ने गरेको छ ।
प्रायः कलेजो सम्बन्धि रोगहरु वंशानुगत रुपमा देखिन्छ । खानपिन र वातावरणका कारण धेरै व्यक्तिहरु कलेजो सम्बन्धी समस्याबाट पीडित हुन्छन् । कलेजो बिग्रिएपछि त्यसलाई सुधार गर्ने अथवा पहिलेकै स्वरुपमा ल्याउन कठिन हुन्छ । त्यसकारण बिग्रन अगाडि नै सचेत रहन आवश्यक हुन्छ ।
पेट फुलिरहनु, पेट दुखिरहनु, छाला चिलाउने, शरीरको रक्त धमनी बाहिरैबाट देखिने, लगातार वाकवाकी लाग्ने तथा विना कारण खाना नरुच्ने जस्ता समस्या कलेजो रोगको लक्षण हुन् ।
त्यसबाहेक किड्नीले सामान्य रुपमा काम गर्न छोडे, कलेजोमा समेत समस्या आउने र लगतै हातखुट्टा सुन्निने गर्दछ । त्यसो हुनासाथ डाक्टरको सल्लाह अनुसार औषधि लिन जरूरी छ ।
तर यी समस्या आउनु भन्दा पहिल्यै एक स्वस्थ व्यक्तिले घरेलु विधि मार्फत कलेजो सफा गरेमा यस्ता रोगबाट छुटकारा पाउन सकिन्छ ।
कसरी गर्ने त कलेजो सफा ?
शुरुमा २ कप सफा पानी ९४ सय मिली० र १ सय ५० ग्राम किसमिस तयार गर्नुहोस् ।
सकेसम्म कालो रगंको किसमिस छान्नुहोस् र त्यसलाई सफा पानीले धुनुहोस् । त्यसपछि २ कप पानीलाई बेस्सरी उमाल्नुहोस् । उम्लिएको पानीमा किसमिस हालेर कम्तिमा २० मिनेट पकाउनुहोस् ।
त्यसरी पकाएको किसमिस पुरा एक रात उमालेको पानीमा सुक्न दिनुहोस् र बिहानै उठेर किसमिसलाई निचोरेर पानी निकाल्नुहोस् । त्यसरी निस्केको पानी खाली पेटमा पिउनुहोस् ।
यसले तपाँईको कलेजो सफा गर्दछ ।
एजेन्सीको सहयोगमा
Reporter
View Other Stories by Author >>