मेक्सिकोमा कम उमेरको गर्भधारण दर उच्च



Download our app to get more features

मेक्सिको सिटी, २७ असोज । अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलप्मेन्ट (ओइसिडि) सङ्गठन अन्तर्गत रहेका राष्ट्रहरुमध्ये मेक्सिकोमा कम उमेर वा किशोरी अवस्थामै गर्भधारण गर्ने दर अतिउच्च रहेको संयुक्त राष्ट्रसंघ अन्तर्गतको एक संस्थाले जनाएको छ । 

ओइसिडिमा अमेरिकी तथा ल्याटिन अमेरिकी राष्ट्र गरी ३५ वटा देशहरु आवद्ध छन् ।  राष्ट्रसंघीय बालकोष (युनिसेफ) द्वारा हालै प्रकाशित एक प्रतिवेदनमा मेक्सिकोमा जन्मिएका प्रत्येक एक हजार शिशुका मातृसंख्या मध्ये १५ देखि १९ वर्ष उमेर समूहका किशोरी आमाहरुको संख्या ६४ रहेको छ । त्यसैगरी, किशोरी आमाहरुले जन्म दिएका शिशुको वालमृत्युदर पनि अति उच्च रहेको पाइएको छ । यस्ता शिशुको बालमृत्यु दर एक हजारमा ७७ जना रहेको पनि जनाइएको छ । संयुक्त राष्ट्रसंघले विश्वब्यापी रुपमा हरेक वर्ष ११ अक्टोबरका दिन “अन्तर्राष्ट्रिय बालिका दिवश” मनाउने गरेको छ । 

यसै दिनमा विश्वभरीका बालिका वा नाबालिग छोरीले के कस्ता उमेरजन्य वा लैंगिक अवस्थाजन्य अवरोध भोग्नु परिरहेको छ, सो बारे युनिसेफले वार्षिक विवेचना प्रकाशन गर्दछ । यसै क्रममा, सो प्रतिवेदनले मेक्सिकोमा किशोरी गर्भधारण दर बारे तथ्य प्रकाशन गरेको पनि जनाइएको छ । त्यस्तै, वालिकाउपर यौनजन्य हिंसा वा दुराचार दर पनि बढ्दै गएकोमा मेक्सिकोका लागि युनिसेफका प्रतिनिधि क्रिश्चियन स्कूगले चिन्ता ब्यक्त गरे । सन् २०१२ मा यौनहिंसारदुराचारका २१ हजार ७१४ केस दर्ता भएकोमा सन् २०१४ मा यो संख्या २३ हजार नाघेकाले यो मामलाले पनि बढ्दो समस्याको रुप लिएको मेक्सिकाली राष्ट्रिय स्वास्थ्य तथा पोषण सर्वेक्षण कार्यक्रमले जानकारी दिएको छ । देखावटी रुपमा अन्तर्राष्ट्रिय बालिका दिवश मनाएर मात्र बालिकाहरुले भोग्नु परेका यस्ता सामाजिक समस्याबाट मेक्सिकोलाई मुक्त गर्न नसकिने भएकोले यसमा सबैको एकतावद्ध सहयोग आवश्यक रहेको युनिसेफ प्रतिनिधि स्कूगले बताए । रासस/सिन्ह्वा 

Last modified on 2017-08-13 18:11:19

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts