सेती अञ्चल अस्पतालको आइसीयू चार दिन बन्द

What's This?


Download our app to get more features

कैलाली २४, असोज । सेती अञ्चल अस्पतालमा रहेको सुदुरपश्चिमकै एक मात्र सेवा सघन उपचार सेवा (आईसियु) बन्द भएपछि बिरामी मारमा परेका छन् । पूर्व जानकारी बिना नै सघन उपचार सेवा बन्द भएपछि सुदूरपश्चिमका पहाडी जिल्लालगायत अन्यत्रबाट उपचारका लागि आउने बिरामीलाई समस्या परेको हो ।

 प्रत्येक ६ महिनामा एकपटक सरसफाईका लागि मात्रै बन्द हुनुपर्ने आईसियू चार दिनसम्म बन्द हुनु अस्पतालको चरम लापरवाही मान्न सकिन्छ । अस्पतालका अनुसार प्रत्येक ६ महिनामा एकपटक बिरामीको चाप नभएको अवस्था पारेर सरसफाईका लागि बन्द गरिने गरेको छ । यसपाली भने दसैं परेकोले प्रायः कर्मचारी विदामा घर गएका कारण ४ दिन बन्द गर्नु परेको अस्पतालको दावी छ ।

लामो प्रयासपछि सेती अञ्चल अस्पतालमा ४ शय्याको आईसियु सेवा सुरु गरेपनि सुरुदेखि नै दक्ष जनशक्तिको अभाव रहँदै आएको थियो । अस्पतालले बोर्डमा सुचना टाँस गरेर असोज २२ गतेदेखि २६ गतेसम्मका लागि आईसियु सेवा बन्द गरिएको जानकारी गराएको छ । 

Last modified on 2017-08-18 11:20:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts