खुर्सानीको फाईदै फाईदा
“खुर्सानी“ पीरो स्वाद हुने एक किसिमको फल हो । अचार तथा तरकारीलाई स्वादिलो बनाउँछ । आम नेपालीले खुर्सानी स्वादका लागि खाने गर्दछन् । खुर्सानीको पिरो तत्वलाई क्याप्सिसिन र त्यो वनस्पतिलाई क्याप्सिकम भनिन्छ । खुर्सानी धेरै थरीका हुन्छन् । नेपालमा पाईने मूख्यतया डल्ले, अकबरे, ज्यानमारा, जिरे आदि असाध्यै पिरो वर्गमा पर्दछन् ।
पिरो नहुने भिँडे खुर्सानी मात्र हो, जसलाई स्वीट पेपर अर्थात् गुलियो खुर्सानी पनि भनिन्छ । खानाको परिकार सजाउन र विभिन्न चिनियाँ पकवान बनाउन यसको अधिक प्रयोग हुन्छ । सबैभन्दा लामो खुर्सानीलाई लाम्चे भनिन्छ । युरोप, अमेरिकातिर सेयान पेपर भनिने सामान्य लाम्चो खुर्सानी मसालेदार एसियाली पकवानको अभिन्न अङ्ग हो । पीरो मन पराउनेको लागि खुर्सानी बिनाको खाना मीठै लाग्दैन ।
हामी धेरैले खुर्सानी स्वादका लागि नै प्रयोग गर्ने गरेका छौं । जिब्रोको स्वादका लागि हाम्रो भान्छामा प्रवेश गर्ने खुर्सानीको स्वास्थ्यका दृष्ट्रि लाभदायक गुणहरु पनि छन् जुन हामी धेरैलाई थाहा नहुँन सक्छ ।
खानामा कम्तीमा दुईवटा हरियो खुर्सानी खाने गर्नाल्ऽे क्यान्सर जस्तो भयानक रोगबाट बचाउन सक्छ । हरियो खुर्सानीले प्राकृतिक रुपमा नै रोग प्रतिरोधात्मक क्षमतालाई बढाउने गर्दछ जसले क्यान्सर जस्तो रोगबाट बचाउने गर्दछ ।
खुर्सानीको फाईदाहरु
१. हरियो खुर्सानी मा भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । भिटामिन सीले अरु भिटामिनलाई शरीरमा राम्ररी पचाउन सघाउँछ ।
२. यो एन्टी–अक्सिीडेन्टका राम्रो माध्यम हो ।
३. हरियो खुर्सानीमा डाइट्री फाइबर्स प्रचुर मात्रामा हुन्छ । जसले पाचन क्रिया सुचारु गर्न मद्दत पुर्याउँछ ।
४. भिटामिन ए भरपूर भएको हरियो खुर्सानीले आँखा तेजिलो र छाला चम्किलो बनाउँछ ।
५. कति अध्ययनले हरियो खुर्सानीले ब्लड सुगर कम गर्ने पत्ता लगाएका छन् ।
६. हरियो खुर्सानीमा क्याप्साइसिन नामक एक तत्व पाइन्छ जो प्रोस्ट्रेट क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छ ।
७. यसमा रहेको तत्वले छाला सफा बनिरहन्छ । डन्डीफोर आउन दिँदैन ।
८. महिलाहरुका लागि हरियो खुर्सानी उनीहरुको हतियार हुन सक्छ । यसमा भरपूर मात्रामा आइरन पाइने गर्दछ जसले हड्डीलाई बलियो बनाउने गर्दछ र रगतलाई पनि बढाउने गर्दछ ।
९.यदि तपाईं खानेकुरामा निकै सोच्ने गर्नुहुन्छ र सधैँ कम क्यालरीको खाना खानुहुन्छ भने तपाईंको लागि हरियो खुर्सानी राम्रो विकल्प हुनसक्छ । हरियो खुर्सानीमा क्यालरी हुँदैन त्यसकारण यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने हरियो खुर्सानी तपाईंको लागि निकै लाभदायक हुन्छ ।
१०. त्यस्तै अन्य फईदाहरुमा रगतमा चिनीको मात्रा घटाउछ । पिसावको विरामी लाई लाभदायक छ ।
हाडजोर्नी लगाएतका दुखाइ घटाउछ । विशेष गरेर अकवरे खुसार्नी हालेर बनाईएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ । साथै थकाइ पनि मेटाउछ ।
Reporter
View Other Stories by Author >>