स्वस्थ्य मासु सेवन, दीर्घायु जीवन



Download our app to get more features

प्राचीनकालमा ठाउँ, जातीयविशेषअनुसार उनीहरूलाई मन पर्ने जीवजन्तुको सिकार गरी प्राप्त मासुलाई सिकार भनिन्थ्यो भने आधुनिक समाजमा घरपालुवा पशुपक्षीजन्य खानयोग्य स्वस्थ तथा स्वच्छ मांशपेशीय तन्तुलाई मासु भन्ने गरिएको छ । मासुलाई यसमा भएको मायोग्लोबिन नामक तत्वको संचितीका आधारमा दुई प्रकारमा विभाजन गर्न सकिन्छ । पहिलो हो– रातो मासु । जसमा भेडा, बाख्रा, खसी, राँगा आदिको मासु । दोस्रो हो– सेतो मासु, जसमा कुखुरा, माछा, खरायो आदि पर्छन् । प्रतिग्राम प्रोटिन सेतो मासुमा भन्दा रातो मासुरमा २ दशमलव ६४ गुणा बढी हुन्छ । साथसाथै फ्याट, भिटामिन, मिनरल पनि सेतो मासुमा भन्दा रातो मासुमा धेरै रहेको हुन्छ । तसर्थ, सुन्तुलित तरिकाले सेवन गर्न सके रातो मासु अझ पोषिलो हुन्छ ।
एकजना वयस्क व्यक्तिलाई एक दिनमा सामान्य अवस्थामा ५६ ग्राम प्रोटिन वा शरीरको तौलको ०.८ देखि १.८ ग्राम प्रतिकेजी दरले हुन आउने ग्रामबराबर प्राटिन आवश्यकता पु¥याउन पशुपक्षीजन्य पदार्थ समावेश हुन जरुरी छ । वनस्पति स्रोतबाट प्राप्त नहुने शरीरलाई अति आवश्यक पर्ने लाइसिन नामक एमिनो एसिड मासुबाट प्राप्त हुन्छ । त्यस्तै भिटामिन ‘बी’ १२ । जुन शरीर विकासका लागि महत्वपूर्ण हुन्छ । उक्त भिटामिन पशुपक्षीजन्य मासुमा मात्र पाइने हुन्छ ।
सन्तुलित माछामासु सेवनका फाइदा
–मासुमा पाइने फ्याट, प्रोटिन र एमिनो एसिडले रगतमा भएको सुरगको मात्रालाई सञ्चार गर्छ ।
–उच्च मात्रामा पाइने भिटामिन (जस्तै बी–१२) मिनरल (जिंक, आइरन आदि) ले क्रमशः शरीर विकास र रक्त संरचनामा महत्वपूर्ण भूमिका खेल्छ ।
–शाकाहारी भोजन सेवन गर्ने मानिसमा न्युरोट्रान्समिटर इम्ब्यालेन्स हुने सम्भावना रहन्छ । जसकारण डिप्रेसन, चिन्ता, इटिङ डिसअर्डर र सोमाटोफर्म डिसअर्डर एन्ड सिन्ड्रोमजस्ता प्रतिकूलता पनि देखापर्ने हुन सक्छ ।
–बालबालिका, सुत्केरी, गर्भवती र प्रशस्त शारीरिक व्यायाम गर्नेलाई आवश्यक पर्ने भिटामिन, मिनरल स्वच्छ तथा स्वस्थ मासुबाट प्राप्त हुन्छ ।
–माछा र समुन्द्री जलचरमा पाइने ओमेगा थ्री र ओमगा सिक्स फ्याटी एसिडले बालबालिकाको मस्तिष्कको वृद्धि विकासमा प्रभावकारी हुन्छ ।
माछामासु सेवनका विधि
– वयस्क व्यक्तिले शारीरिक तौलका आधारमा दैनिक १०० देखि २०० ग्रामसम्म र दिनमा दुई÷तीनपटकसम्म (शारीरिक परिश्रमका आधारमा) ।
–उमालेर आवश्यकताअनुसार हल्का मसला राखी सेवन गर्ने विधि उत्तम मानिन्छ ।
– थोरै तेल र मसला राखी विभिन्न विधिबाट राम्रोसँग पकाएर सेवन गर्न सकिन्छ ।
मासु सेवनले फाइदा गर्छ भन्दैमा धेरै सेवन गर्नु भने हुँदैन । जुन स्वास्थ्यका लागि हानिकारकसमेत हुन सक्छ ।
मासु तेलमा तारेर सेवन गर्दा लाइसिन सुगर रियाकसन भई खैरो पदार्थ बन्छ । जुन शरीरलाई हानिकारक मानिन्छ ।
आवश्यकताभन्दा बढी मासु सेवनले पाचन क्षमता घटाउने, युरिक एसिड बढाउनेलगायत कोरोनरी हार्ट डिजिज हुने सम्भावना रहन्छ ।
कस्ता बिरामीले कस्तो मासु सेवन गर्ने
ग्याष्ट्रिक ः चिल्लो, मसाला कम भएको मासु सेवन गर्न सकिन्छ ।
उच्च रक्तचाप ः माछा, खरायो, अस्ट्रिचको मासु सेवन गर्नु राम्रो मानिन्छ । तर, चिल्लो भने बनाउनुहँुदैन ।
युरिक एसिड ः माछा र सेतो मासुको सेवन गर्दा राम्रो ।
मोटोपना ः उमालेर सेवन गर्नु उत्तम ।
मासु किन्दा ध्यान दिनुपर्ने कुरा
–स्वस्थ पशुपक्षी वध गरी, मासु निरीक्षकले जाँच गरी योग्य ठहराएका े(सम्भव भएसम्म) ।
–सफा, व्यवस्थित मासु पसलबाट फ्रेस अवस्थाको मासु ।
–कुखुराको मासु किन्दा छाला, कलेजो, श्वासनली, अन्ननली, फोक्सो हटाएर लिनु राम्रो हुन्छ ।
– खसीको भित्राम्स, छाला, रगत सेवन नगर्नु उक्त ।
–माछा किन्दा सकभर जिउँदो, नभएमा चिलिङ गरी छोटो दूरीबाट आयातीत, प्रिजरभेटिभरहित ।
– माछामासु छोएपछि राम्रोसँग साबुनपानीले हात धुने ।
मासु भण्डार (सञ्चित) गर्ने विधि
१. चिलिङ तथा फिजिङ विधि
चिलिङ ः १ डिग्री सेन्टिग्रड देखि ४ डिग्री सेन्टिग्रडसम्मको तापक्रममा एक हप्तासम्म राख्न सकिन्छ । त्यसैगरी भ्याकम प्याकिङ गर्न सकेमा चार हप्तसम्म राख्न सकिन्छ ।
फिजिङ ः जिरो डिग्री सिन्टिग्रड देखि एक डिग्री सेन्टिग्रेड तापक्रममा दस हप्तासम्म राख्न सकिन्छ ।
यसरी यो विधिअनुसारको तापक्रममा राख्दा साल्मोनेला, स्टेफाइलोकस र कलेस्ट्रिडियुमजस्ता हानिकारक ब्याक्टेरियाको संक्रमण तथा वृद्धिदर रोकिन्छ । जसले गर्दा मासु बिग्रिने सम्भावना कम हुन्छ ।
२ अन्य घरेलु विधि
–मासुलाई लामो मसिनोगरी काटी खुला हावा चल्ने ठाउँमा सुकाएर सुकुटी बनाउने ।
–आगोमाथि दाउरामा काटेको मासुलाई हल्का धूवाँमा राखी सेक्न सकिन्छ । तर, धेरै दिन यसरी धूवाँमा राखेमा मासु हानिकारक बन्न पनि सक्छ ।
– स–साना मासुको टुक्रालाई मसलामा मोलेर बट्टा वा भाँडामा राख्न सकिन्छ । यसरी राखिएको मासु एक÷दुई दिनमा सेवन गरिसक्नुपर्छ ।
(  डा. पण्डित पशु प्रजनन प्रविधि विज्ञ हुन् भने न्यौपाने
मास्टर्स फुड एन्ड न्युट्रिसन हुन् । )

 

Last modified on 2016-10-14 12:54:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts