चिकित्सकको लापरबाहीले ज्यान गएको भन्दै ओम अस्पतालमा तनाव

What's This?


Download our app to get more features

काठमाण्डौं, २१ असोज । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै ओम अस्पतालमा तनाव भएको छ । 

चावहिल स्थित ओम अस्पतालमा संङ्खुवासभा चैनपुरकी ५२ वर्षीया टंक कुमारी न्यौपानेको बिहीवार अपरान्ह मृत्यु भएको थियो । १३ गते उपचारका लागि ओम अस्पतालमा न्यौपानेलाई भर्ना गरिएको थियो । 

पीडितपक्षका अनुसार ब्लिडिङ भएको बिरामीको अवस्था सामान्य रहेको थियो । तर, चिकित्सकको लापरबाहीका कारण ज्यान गएको पीडितपक्षले आरोप लगाएका छन् । अस्पतालमा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ । 

विवाद मिलाउन पीडित पक्ष र अस्पतालबीच वार्ता जारी रहेको हाम्रोडक्टरकर्मी मधुसुदन ढकालले जानकारी दिएका छन् । 

Last modified on 2017-08-18 14:39:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts