सजिलो छैन नर्सको पेशा



Download our app to get more features

CTEVT अन्तर्गत नर्सिङमा अध्ययनरत विद्यार्थीहरुको आजभोली कुनै कमि छैन । यसरी नै च्याँउ सरी नर्सिङ कलेजहरु फष्टाउँदै जाने हो भने बेरोजगारहरुको कमि हुने छैन । आफ्ना मान्छे हुनेहरुले कुनै न कुनै किसिमले रोजगारी पाएकै छन् । तर हामीहरु जस्ता कैयांै नर्सहरुका सम्बन्धित ठाउँमा भन्दिने र गरिदिने मान्छे छैनन् । जसको बावजुत आजैदेखि विदेश पलायन हुने कुरा सोच्न बाध्य छौं । मलाई यसमा कुनै बिस्मत छैन । 

काठमाण्डौंको सुष्मा कोइराला मेमोरियल नर्सिङ कलेजबाट पिसियल नर्सिङ गर्दा गर्दै लगभग सकिने दिन पनि औंलामै गन्ति आइसकेको छ । यस अवधिभरी सुपरभिजन र मार्गदर्शन गर्ने मेरा शिक्षिकाहरुले मलाई यहाँसम्म ल्याइपुर्याउनु भएकोमा नै म गर्व गर्छु । 

कलेजका कतिपय नराम्रा पक्षहरु पनि छन् । असुविधा भएपनि मलाई मेरो कलेज र शिक्षक शिक्षिकाहरुप्रति केही गुनासो छैन् । सुनेकी छु नर्सिङ शिक्षिकाहरु विद्यार्थीहरुसँग छुद्र व्यवहार गर्छन रे । अनी विद्यार्थीहरुलाई काममा पेलाउने पनि । 

उहाँहरु केहीहदसम्म कडा स्वरले कुनै बेला बोल्नु होला तर त्यसलाई आफूले कसरी लिने विद्यार्थी स्वयंमा भर पर्छ । यति नगर्ने हो भने हामी विद्यार्थीहरु न केही सिक्छौं या त भोलिका दिनमा सवल र सक्षम नर्स बन्न नै सक्छौं । 

यसको ज्वलन्त उदाहरण म आफंैलाई बनाउन चाहन्छु । न त मैले रहरले नर्सिङ पढे नत करले नै । केबल पढेत मेरा आमा बुबाले छोरी नर्स बनेर जनताको सेवा गरेको हेर्ने तीब्र इच्छा र चाहनालाई अंगालेर । फेरी आफूमा नै इच्छा नभई पढेर के अर्थ भन्नेपनि हामीमा लाग्न सक्छ । यो स्वभाविक नै हो । मलाइ पनि कुनै समय यस्तै लाग्थो । तर, आज म मेरा शिक्षक शिक्षिकाहरुप्रति गर्व गर्छु । आज म भित्र रहेको आत्मविश्वास बढ्नुको श्रेय स्वंय मेरा शिक्षक शिक्षिकाहरुलाई नै जान्छ । 

नर्सिङ अध्यनरत म भोलि गएर एउटा सक्षम नर्स बन्ने अठोट लिएर अघि बढेको छु । म जस्तै अध्यनरत सबै विद्यार्थीहरु भोली सक्षम भएर बिरामीको सेवा गर्नेछन् । तर कतिपय कुराहरुको विषयमा भने कलेजले अझै सुधार ल्याउनु पर्ने देखिन्छ । प्रयोगात्मक विषयमा कलेजले समयअनुसार आफूलाई समायोजन गरेपनि भौतिक पूर्वाधारमाभने केही अवश्य केही कमी छ । 

कलेजले आफूलाई अन्तरर्राष्ट्रिय स्तरमा तुलना गरेपनि पूर्वाधार विकासमा खासै ध्यान दिएको छैन । विद्यार्थीबाट पर्याप्त शुक लिएपनि कलेजले यातायात व्यवस्थापनमा भने खासै चासो दिएको छैन । 


लेखिका सुष्मा कोइराला नर्सिङ कलेजमा तेस्रो वर्षमा अध्ययनरत छात्रा हुन् । 
 

Last modified on 2016-04-03 16:17:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts