चिकित्सा विधेयक छिट्टै : मन्त्री पौडेल



Download our app to get more features

काठमाण्डौं, २१ असोज । शिक्षामन्त्री धनीराम पौडेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट पारित गराउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । 

ऐन जारी भएपछि चिकित्सा शिक्षाको गुणस्तर, व्यावसायिकता, संस्थागत जवाफदेहिता, भौगोलिक सन्तुलन र सामाजिक न्याय कायम गर्न सहज हुने उनले दावी गरेका छन् । 

‘सातै प्रदेशमा एक– एक पर्ने गरी सरकारी मेडिकल कलेज स्थापनाको काम तत्काल सुरु गरिनेछ,’ शिक्षा पत्रकार सञ्जाल(इजोन)ले आयोजना गरेको समारोहमा मन्त्री पौडेलले १९ बुँदे कार्ययोजना सार्वजनिक गर्दै भने । 

संविधानअनुसार शिक्षामा पुनःसंरचना गर्न र समाजबाट उन्मुख राष्ट्रिय शिक्षा नीति तय गर्न १ महिनाभित्र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरिने पनि उनले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Last modified on 2017-08-18 14:38:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts