‘मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियान’ सुरु



Download our app to get more features

काठमाण्डौ, २० असोज । विश्व मानसिक दिवसको अवसरमा आजदेखि मानसिक तथा मनोसामाजिक सुस्वास्थ्यका लागि राष्ट्रिय अभियान बिहीवारदेखि सुरु भएको छ । 
स्वास्थ्य मन्त्रालय मन्त्रालयमा आयोजिक कार्यक्रममा अभियानको स्वास्थ्यमन्त्री गगनकुमार थापाले शुभारम्भ गर्नुभयो । मानसिक स्वास्थ्य क्षेत्रमा क्रियाशिल अमृता फाउण्डेशन नेपाल र प्रथम पाइला राष्ट्रिय मासिकको संयुक्त आयोजनामा अभियान सुरु भएको हो । 
‘प्राथमिक मनोवैज्ञानिक सहयोग’ भन्ने नाराका मनाउन लागिएको यस वर्षको विश्व मानसिक दिवसको अवसरमा सुरु भएको अभियानमा बिरामीहरुलाई मनोपरामर्श अभियान चलाउने, पोषण परामर्श सेवा, मनोचिकित्सा सेवा, संगीतबाट उपचार गर्ने अभियान, पारिवारिक एवं वैवाहिक मनोपरामर्श तथा मानसिक स्वास्थ्यसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । 


विश्वमा ४५ करोड र नेपालमा हाल ५० देखि ६० लाख कुनै न कुनै किसिमका मनोरोगी रहेको फाउण्डेशनले जनाएको छ । ठूलो संख्यामा मनोरोग भएपनि स्वास्थ्यको वार्षिक बजेटमा भने ०.५ प्रतिशतमात्र बजेट बिनियोजन गरिनुले मानसिक स्वास्थ्यका विषय उपेक्षामा परेको सरोकारवालाहरुको गुनासो छ । अभियानको प्रारम्भमा ‘मानसिक एवं मनोसामाजिक स्वास्थ्य क्षेत्रको प्रवद्र्धन र सम्वद्र्धन विकासका लागि म आफ्नो प्रतिवद्धता व्यक्त गर्दछु ।’ भन्ने नारामा सबैले प्रतिवद्धता व्यक्त गरेका छन् । 

 

Last modified on 2017-08-18 14:40:49

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts