चुरोटको खोलमा सरुवाको बिन्तीपत्र पठाउँछन्– स्वास्थ्य मन्त्री

डा. केसीलाई अनशन त्याग्न आग्रह



Download our app to get more features

काठमाण्डौ, २० असोज । स्वास्थ्य मन्त्री गगनकुमार थापाले माताहातका कर्मचारीले सरुवा माग गर्दै चुरोटको खोलको चिट दिएर हैरान पारेको बताएका छन्
स्वास्थ्य मन्त्रालयमा बिहीवार आयोजित महिनादिने प्रगति विवरण सम्बन्धी पत्रकार सम्मेलनमा मन्त्री थापाले मन्त्रालय अन्तर्गतको यस्ता समस्या रहेको औंल्याएका हुन् । सुशासन स्थापनार्थ यस्ता प्रवृत्ति अन्त्य हुनुपर्ने भन्दै आफ्नो एक महिनाको कार्यप्रगति र भावी योजना पत्रकारहरुलाई जानकारी गराए । 

 

गोविन्द केसीको मागसम्बन्धमा
पत्रकार सम्मेलनमा मन्त्री थापाले डा. गोविन्द केसीलाई अनशन त्याग्न आग्रह पनि गरे । उनले सम्झौता अनुरुप चिकित्सा शिक्षा विधयेक संसदमा दर्ताभएर संसदीय समितिमा पुगेको र मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधयेक फिर्ता गर्ने निर्णय भएको जानकारी गराए । यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा मनमोहनलाई सम्मिलित बनाएर मनमोहन स्मृति स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रकृया आरम्भ भइसकेको जानकारी पनि दिए । चिकित्सा शिक्षा विधयेक कार्र्यान्वयनमा नआएसम्म कुनैपनि मेडिकल कलेजलाई सम्बन्धन नदिने पनि मन्त्री थापाले प्रष्ट पारे । मेरिट लिष्टका आधारमा भर्ना गर्न परिपत्र, मेडिकल कलेजमा हुने भनिएको अनियमितता रोक्न आकस्मिक रुपमा मेडिकल काउन्सिलको बैठक बोलाएको पनि उनले बताए ।  

 

मन्त्रालयका विभागीय कामहरु 
स्वास्थ्य मन्त्री थापाले आफुले मन्त्री भएको एकमहिना स्वास्थ्य मन्त्रालय यसका निकायहरु र त्यहाँका संयन्त्र सञ्चालनसम्बन्धी अध्ययन गरेको बताएका छन् । उनले अबको एक महिना, दुई महिना, तीन महिना र ६ महिनामा पूरा गर्ने गरी विभिन्न कार्यक्रम घोषणा पनि गरेका छन् । 

 

स्वास्थ्य मन्त्रीका योजनाहरु

  • राज्य पुनसंरचनामा स्वास्थ्य सेवा प्रवाहको संस्थागत खाका बनाउन स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.पदमबहादुर चन्दको संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनाएर अघि बढ्ने । 
  • आधारभूत स्वास्थ्य सेवाको प्रबन्धका लागि जनस्वास्थ्य ऐन तर्जुमा गर्ने ।
  • औषधिको नियमित आपूर्ति र व्यवस्थापनका लागि २ महिनाभित्र केन्द्र र सबै जिल्लास्तरको निकायबाट समेत औषधि खरिद गर्ने ।
  • स्वास्थ्य संस्थामा निशुल्क प्राप्त हुने औषधिको विवरण टाँस्ने र अनलाईनमा राख्ने ।
  • औषधि खरिदलाई सहज बनाउन सार्वजानिक खरिद ऐनको नियमावली संसोधन गरी मन्त्रिपरिषदबाट पारित गराउने । 
  • क्षेत्र, अञ्चल, जिल्ला सबै तहको स्वास्थ्य सेवा प्रवाहका बारेमा नियमित अपडेट कायम राख्ने व्यवस्था गर्ने ।
  • औषधिको विवरण राख्न औषाधि व्यवस्था विभागमार्फत मोबाइल एप निर्माण गर्ने ।
  • अस्पताल फार्मेसी सञ्चालन गर्न केन्द्रीय, क्षेत्रीय, अञ्चल र जिल्ला अस्पताललाई बिउ पुँजी दिएर तत्काल काम सुरु गर्ने । 
  • सर्जिकल सामाग्रीको आपूर्ति, खरिद र बजार व्यवस्था चुस्त राख्न निर्देशिका निर्माण गरी अघि बढ्ने । 
  • अस्पतालको बहिरंग सेवा पूर्वघोषणा अनुसार ५ बजेसम्म व्यवस्था गर्ने, त्यसका लागि यसअघिका एक्सेन्डेड हस्पिटक सर्भिस र ननप्राक्टिसिङ एलाउन्सेसका व्यवस्थालाई पुनरावलोकन गर्ने । 
  • सरकारका केन्द्रीय अस्पतालहरुमा ३ महिनाभित्र टोकन सिस्टममा बिरामी जाँचको प्रबन्ध गर्ने । साथै गरिब, विपन्न आय भएका बिरामीलाई निशुल्क उपचारका लागि अस्पताल कोषको रकम पनि परिचालन गर्ने । 
  • अस्पतालका कार्यकारी प्रमुखलाई निजी प्राक्टिस गर्न बन्द गराउन थप इन्सेन्टिभको प्याकेज ल्याउने । 
  • वीर र कान्ति अस्पतालमा १५–१५ करोड उपलब्ध गराएर रेडियसन मेसिन र आइसियू निर्माण गर्ने 
  • तीन महिनाभित्र १ सय १० वटा सामुदायिक स्वास्थ्य इकाइ र ४० वटा शहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने । 
  • ६ महिनाभित्र २ सय वटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सुरु गर्ने 
  • ५ सय वटा स्वास्थ्य चौकीमा नसर्ने रोगहरुको प्रारम्भिक परीक्षण सुरु गर्ने । 
  • भूकम्पले क्षतिग्रस्त भएका स्वास्थ्य संस्थाको पुननिर्माण तीनवर्ष भित्र गरिसक्ने । 
  • तीन महिना भित्र रिक्त रहेका ४ सय ८५ विशेषज्ञ चिकित्सक र २ सय मेडिकल अफिसर करारमार्फत पदपूर्ति गर्ने, साथै पारामेडिक्स नर्सहरुको पनि व्यवस्थापन गर्ने 
  • विभाग एवं महाशाखा प्रमुखलाई कार्यसम्पादन करार मार्फत योजना र कार्यान्वयनका आधारमा नियुक्ति गर्ने 
  • ४५ दिनभित्र स्वास्थ्य बीमा सम्बन्धी ऐन मन्त्रिपरिषदमा  लाने । 
  • बाहिरबाट रिफर भएका बिरामीलाई प्राथमिकतामा केन्द्रमा उपचारको व्यवस्था विकास गर्ने 
  • २ महिनाभित्र निजी अस्पताल सञ्चालनको कार्यविधी लागू गराउने
  • १० प्रतिशत निशुल्क सेवामा कडाइ गरेर लागू गराउने
  • निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको न्यूनतम तलबमान कायम गराउने । 
Last modified on 2017-08-18 14:41:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts