दमकमा एकजनामा डेङ्गुको सङ्क्रमण भेटियो

What's This?


Download our app to get more features

दमक (झापा), २० असोज । झापाको दमकमा एकजना ५२ वर्षीय पुरुषमा डेङ्गुको सङ्क्रमण देखिएको छ । दमक–१५ का ती व्यक्तिलाई केहीदिनदेखि उच्च ज्वरो आएपछि रगत परीक्षण गर्दा डेङ्गुको जीवाणु भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर जीवन चौलागाईंले बताए । बिरामीको अहिले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको चौलागाईंले जानकारी दिए । 

दमक यसअघिसमेत डेङ्गुको उच्च जोखिम क्षेत्र भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । दुई वर्षअघि दमकका विभिन्न क्षेत्रमा एक दर्जन बढी मानिसमा डेङ्गुको सङ्क्रमण देखिएको थियो भने सोही वर्ष जिल्लाको काँकडभिट्टा क्षेत्रमा दुईजनाको ज्यान गएको थियो । यसवर्ष भने जिल्लामा पहिलोपटक दमकमा पुनः डेङ्गुका बिरामी भेटिएको सुपरभाइजर चौलागाईंले बताए । यसैबीच दमकमा देखिएको डेङ्गु रोग नियन्त्रण गर्न स्थानीय दमक सरकारी अस्पतालमा आवश्यक परीक्षणसहितको उपचार सेवा आजदेखि सुरु गरिएको छ । दमकमा यसअघि डेङ्गु रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी मार्ने तथा जनस्तरमा सचेतना दिन एकैसाथ दुई दिनसम्म अभियान सञ्चालनसमेत गरिएको थियो । रासस 

Last modified on 2017-08-18 14:41:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts