‘टोरिक लेन्स’ प्रविधिबाट आँखा शल्यक्रिया



Download our app to get more features

भैरहवा, २० असोज । भैरहवाको लुम्बिनी रण अम्बिका शाह आँखा अस्पतालमा मुलुकमा पहिलोपटक ‘टोरिक लेन्स’ प्रविधिबाट आँखाको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको छ । मोतीविन्दुको उपचारपछि पनि दृष्टि कमजोर भएकाहरुकाले अनिवार्य चस्माको प्रयोग गर्नुपर्ने (एस्टिगमेटिजम) बिरामीका लागि टोरिक लेन्स प्रविधिबाट शल्यक्रिया गरिन्छ ।

 
यस्तो प्रविधिको शल्यक्रिया मुलुकमा पहिलोपटक गरिएको अस्पतालकी वरिष्ठ नेत्र विशेषज्ञ तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानकी निर्देशक डा. सलमा केसीले बताइन् । ‘कतिपयको मोतीविन्दु शल्यक्रिया गरेपछि पनि दृष्टि कमजोर हुने गरेकाले अनिवार्य रुपमा चस्मा लगाउनैपर्ने हुन्छ’ केसीले भनिन्, ‘अब त्यस्ता आँखाको समस्या भएकाले यो शल्यक्रिया गरेपनि चस्मा लगाउन जरुरी पर्देन ।’ यो प्रविधि शल्यक्रिया सफल भएपनि अब अस्पतालमा त्यस्ता आँखाका बिरामीका शल्यक्रियालाई निरन्तरता दिने उनले जनाइन् ।

उनका अनुसार यो प्रविधिमा एसटगमेटिजमको सम्सया भएका बिरामीले शल्यक्रिया गरेर मोतीविन्दु फालेपछि आँखामा टोरिक लेन्स राख्ने गरिन्छ । आँखामा टोरिकलेन्स भएकाले चस्मा लगाउनुपर्ने जरुरी पर्दैन । छिमेकी मुलुक भारतका ३ जना र नेपालका २ जनालाई पहिलोपटक यो प्रविधिबाट शल्यक्रिया गरिएको हो । मोतीविन्दु भएर उपचारका यस अस्पताल आउने पुरा बिरामी मध्ये करिब २५ प्रतिशतमा एस्टिगमेटिजमको समस्या हुने गर्छ । नेत्र चिकित्सक सलमा केसी र कौशल श्रेष्ठसहितको टिमले यो शल्यक्रिया गरेको हा । 
यो शल्यक्रिया मुलुकको अन्य आँखा अस्पतालमा हाल उपलब्ध छैन । संस्थानका अध्यक्ष सागरप्रताप राणाले एस्टिगमेटिजमको समस्या भएका बिरामी उपचारका लागि अस्पतालमा धेरै जना आउने क्रम बढ्न थालेपछि यो प्रविधि भित्र्याएको जानकारी दिए । 

आजको कान्तिपुर दैनिकमा भैरहवाबाट माधव ढुंगानाले लेखेको  समाचार छ । 

Last modified on 2017-08-14 15:06:33

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts