डा.केसीको मुटुको धड्नकनमा गढबढी देखियो, स्वास्थ्य अवस्था गम्भीर बन्दै

काठमाडौं,२० असोज । स्वास्थ्य शिक्षासँग सम्बन्धित विभिन्न माग राख्दै विगत १० दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको अवस्था गम्भीर बन्दै गएको छ ।
चिकित्सकका अनुसार डा. केसीलाई अहिले अक्सिजन दिएर राखिएको छ । मुटुको चालमा घटबबढ भइरहेको छ । उपचारमा सहभागी डा. दिव्यासिंह शाहले मुटुको धढ्कनमा गडबढी हुँदा मुटुमा जटिल समस्या आउन सक्ने बताएकी छिन् । डा. केसीलाई पछिल्लो समय रगतमा प्लेटलेसको मात्रामा कमी आउन थालेको छ ।
सुगरको मात्रा घटेर पिसाबमा क्रिटिनाइट देखिएको छ शाहका अनुसार शरीर कमजोर बन्नका साथै रक्तचाप न्यून छ । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नगरेका भन्दै असोज १० गतेबाट डा. केसी नवौं पटक आमरण अनशनमा बसेका हुन् । आजको गोरखापत्र दैनिकमा समाचार छ । -फाइल तस्वीर
Last modified on 2017-08-14 15:16:49