विराटनगरमा बिसिजी खोपको अभाव

What's This?


Download our app to get more features

मोरङ, २० असोज । विराटनगर उपमहानगरपालिकाबासीले आफ्ना बच्चालाई जन्मनेवित्तिकै लगाउनुपर्ने बिसिजी खोप लगाउन पाएका छैनन् । विकट जिल्लाहरूमा जस्तो यतिबेला पूर्वाञ्चलमा बालबालिकालाई दिइने बिसिजी सिरिन्ज अभाव भएको छ । सिरिन्ज नहुँदा यस क्षेत्रका बालबालिकाहरू विगत एक महिनादेखि बिसिजी खोपबाट बञ्चित भएका छन् ।
बिसिजी खोप बालबालिकालाई जन्मनेवित्तिकै क्षयरोगविरुद्ध दिइने खोप हो । कोसी अञ्चल अस्पतालको संस्थागत परिवार नियोजन सेवा केन्द्रकी इन्चार्ज गंगा विकले अस्पतालमा सिरिन्ज अभाव भएका कारण एक महिनादेखि बालबालिकालाई बिसिजी खोप नै नलगाई फर्काउने गरेको बताइन् । ‘दैनिक ४० देखि ४५ जना बच्चाहरू बिसिसी खोप लगाउन आउने गरेका छन्, तर सिरिन्ज अभाव भएकाले आफूहरूले बाध्य भएर फर्काउनु परेको छ ।’ उनले भनिन् । 
यता, पूर्वाञ्चल क्षेत्रीय मेडिकल स्टोर विराटगरका प्रमुख भरत साहले धनकुटा, उदयपुर र भोजपुर जिल्लाबाहेक अरु सबै जिल्लामा बिसिजी सिरिन्जको अभाव भएको बताए । बच्चाहरूलाई बिसिजी जन्मनेवित्तिकै, डिपिटी, पोलियो जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्तामा दिइन्छ । निमोनियाविरुद्धको खोप ६ हप्ता, १० हप्ता र तेस्रोपटक ९ महिनामा दिइन्छ ।

 

Last modified on 2017-08-18 14:44:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts