काठमाण्डौ विश्वविद्यालयमा तालाबन्दी

काठमाण्डौ, १९ असोज । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववीयु क्रान्तिकारीले काठमाण्डौ विश्व विद्यालयमा तालाबन्दी गरेको छ ।
विश्वविद्यालय अन्तर्गत भर्ना शुल्कमा एकरुपता नभएको, पूर्वाधार नभएका कलेजलाई सम्बन्धन दिएको, परीक्षामा अनियमितता भएको भन्दै क्रन्तिकारीले तालाबन्दी गरेको अनेरास्ववियु क्रान्तिकारीका मेडिकल शिक्षा संयोजक डा. अच्युत भट्टले जानकारी दिए । विश्वविद्यालय अन्तर्गत एमबीबीएस र डेन्टलका इन्टर्न विद्यार्थीका पारिश्रमिक बराबर हुनुपर्ने यसअघिको सहमति कार्यान्वयन नभएको उनीहरुको आरोप छ । भर्ना बाहेकका अन्य शुल्कहरु फेल भएका विद्यार्थीबाट अनावश्यक शुल्क उठाउने, अतिरिक्त क्रियाकलापका नाममा शुल्य उठाउने काम भैरहेको भन्दै त्यसको अन्त्यका लागि तालाबन्दी गरेको संगठनले जनाएको छ ।
विज्ञप्ति
हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।