खसीबोकामा हुने जुनोटिक टिबी मानिसका लागि ठूलो खतरा

एजेन्सी । खसीबोकामा हुने टिबी रोग मानिसका लागि खतरनाक रहेको चिकित्सकले बताएका छन् । चिकित्सक तथा पशु चिकित्सकको टोलीले गरेको पछिल्लो अनुसन्धानले दुषित खानाका कारण जनावर हुने गरेको टिबी मानिसका लागि पहिले सोचिए भन्दा धेरै खतरनाक रहेको देखिएको हो ।
यसअघि खसीबोकामा हुने जुनोटिक टिबी मानिसका लागि त्यती खतरनाक नरहेको मानिएको थियो । दुषित खानाका कारण पशुलाई हुने गरेको टिबी मानिसलाई भएमा अवस्था गम्भीर हुने अनुसन्धानकर्ताले बताएका छन् । यो टिबीको उपचार अहिले मानिसलाई हुने गरेको टिबीको भन्दा कठिन हुन्छ । सन् २०३५ सम्ममा विश्वबाट टिबी रोग निर्मूल गर्ने लक्ष्य लिइएको छ । तर पछिल्लो अध्ययनले यसमा थप अवरोध आउन सक्ने देखिएको छ । पशुमा हुने गरेको टिबीलाई दशकौंदेखि बेवास्ता गरिएकाले थप समस्या आउन सक्ने विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।
जुनोटिक टिबी भएको जनावरको नजिक रहने मानिसमा संक्रमणको खतरा रहेको अनुaसन्धानकर्ताले बताएका छन् । पशु चिकित्सक, किसान र बधशालमा काम गर्ने मानिसमा बढी खतरा हुन्छ ।
हरेक वर्ष एक लाख २० हजार भन्दा बढी जनावरमा टिबीको नयाँ संक्रमण देखिन्छ । अध्ययनबाट मेक्सिकोमा टिबी रोग लागेका मानिस मध्ये २८ प्रतिशतमा जनावरबाट सरेको देखिएको छ । यस्तै भारतमा यो संख्या ९ प्रतिशत छ भने अमेरिकाको क्यालिफोर्नियामा ४५ प्रतिशत छ ।