रुकुमका खड्के दमाइको निशुल्क शल्यक्रिया

What's This?


Download our app to get more features

असोज १९, रुकुम । भन्छन् कोही नहुनेको दैव हुन्छ । यस्तै भएको छ अहिले रुकुम खलङा–९ का खड्के दमाइलाई । आर्थिक रुपले अति बिपन्न, जन्मजात बोल्न नसक्ने र कान नसुनिने खड्के दमाइलाई राप्ती आँखा अस्पातलले दुवै आँखाको निशुल्क शल्यक्रिया गरिदिएपछि उनले पुनः संसार देख्न पाएका छन् । 
बिगत चार बर्षदेखि मोतियाबिन्दुको कारण दुवै आँखाले नदेखि, घरमा बस्दै आएका रुकुम खलङा–९ का ४७ बर्षीय खड्के दमाईले पुनः संसार देख्ने भएका छन् । ४ बर्षपछि आँखा देख्ने भएपछि उनी ज्यादै खुशी भएको अस्पतालका नेत्र सहायक तथा बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले बताए । 
बिगत् चार बर्षदेखि अन्धकारमा रुमलिएका खड्के दमाइले फेरि संसार देख्न पाउदा गहभरी खुशीका आँसु पारे । उनको त्यो खुशी देख्न मनमा भकानो नफुटाउने शायद कोही पनि थिएनन् होला । जन्मजात बोल्न र सुन्न नसक्ने उनले आँखा देख्नसक्ने भए पछि धेरैले उनले नयाँ जन्म पाएको महसुस गरेका छन् । 
दुई बर्ष अगाडि नै रुकुममा निशुल्क आँखा शिविरमा उन्को शल्यक्रीया गर्न खोज्दा, शल्यक्रिया गर्न उनले मानेका थिएनन् । राप्ती आँखा अस्पातालद्वारा सन्चालित आँखा उपचार केन्द्र सल्ले रुकुमका इन्चार्ज, निरन्जन गैरेको अथक प्रयासले उनलाई पुनः आँखाको ज्योति दिन सम्भव भएको हो । घरमै बसिरहेका खड्केलाई, आँखा उपचार केन्द्र रुकुमबाट उनको घरमा गई, उपचारको लागि इन्चर्ज गैरेले पहल गरेका हुन् । आफ्नो भाई हस्ते दमाइसँग बस्दै आएका खड्केलाई, अस्पतालले यातायात, औषधीउपचार लगायत सम्पूर्ण निशुल्क सेवा दिने भनेपछि उनलाई राप्ती आँखा अस्पाताल दाङमा ल्याई, शल्यक्रिया गरिएको अस्पतालका शालिकराम गौतमले बताए । 
अस्पतालका मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल तथा डा मोनिका कर्माचार्यको संयुक्त प्रयासले उनको शल्यक्रिया गरिएको हो । 

 

Last modified on 2017-08-14 13:07:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts