क्षयरोगका औषधि सेवन गरेका बिरामीलाई परामर्श



Download our app to get more features

भक्तपुर, १८ असोज । क्षयरोग भएर औषधि सेवन गरिरहेका बिरामीलाई नियमित औषधि सेवन गर्न र क्षयरोग लाग्न नदिनेबारेमा मनोपरामर्श दिन थालिएको छ । 

नेपाल क्षयरोग निवारण संस्थाले क्षयरोगका बारेमा बिरामीलाई मनोपरामर्श प्रदान गर्न थालेको हो । क्षयरोगका बिरामीले नियमित औषधि सेवन नगर्ने सम्भावना रहेकाले उनीहरुको मनस्थिति परिवर्तन गर्न सो परामर्श दिएको हो । 

संस्थाका सभापति बाबुकाजी श्रेष्ठ र जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र)का प्रशिक्षक मेनुका भासिमाले परामर्श दिएका हुन् ।

रासस

Last modified on 2017-08-14 15:20:38

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts