महोत्तरीमा मोतियाबिन्दुका रोगी बढे



Download our app to get more features

बर्दिवास, १७ असोज । महोत्तरी जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दामा आँखामा मोतियाबिन्दुको रोग निकै बढेको छ । 

ग्रामीण क्षेत्रका विभिन्न ठाउँमा नेपाल रेडक्रस सोसाइटीसहित विभिन्न सामाजिक सङ्घ संस्था एवम् अस्पतालले आयोजना गरेका निःशुल्क आँखा शिविरमा मोतियाबिन्दुको समस्या भएका बिरामी ठुलै सङ्ख्यामा भेटिएका छन् । आइतबार जिल्लाको सीतापुर बजारमा जानकी आँखा अस्पताल जनकपुरले आयोजना गरेको एकदिने शिविरमा आँखा जाँच गराएका ३ सय ५० मध्ये १ सय १५ जनामा मोतियाबिन्दु फेला परेको अस्पतालले जनाएको छ । उपचार लिन आएमध्ये मोतियाबिन्दु भएका धेरैजसो ५० वर्ष कटेका भेटिएको आँखा जाँचमा संलग्न चिकित्सक टोलीका प्रमुख डा रुदल साहले जानकारी दिए । मोतियाबिन्दु भएका सबैलाई आज अस्पताल पु¥याएर निःशुल्क शल्यक्रिया गरिने डा साहले बताए । 

यसअघि गत असारमा जिल्लाका मटिहानी, धीरापुर, बलबा, रघुनाथपुर र गौशालामा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले एक साता लगाएर आयोजना गरेको शिविरमा ५ सय ६५ जनामा मोतियाबिन्दु पाइएको थियो । ती सबैलाई साउनको पहिलो सातामा लहान पु¥याएर निःशुल्क शल्यक्रिया गरिएको रेडक्रस महोत्तरी शाखाका सभापति दीपक मिश्रले बताए । 
ग्रामीण क्षेत्रमा आँखाको ज्योति कमजोर भएका, रतन्धो भएका र आँखा ओरीपरी गिर्खागिर्खी हुने निकै भेटिएका महोत्तरी जिल्लामा सञ्चालित कैयौँ शिविरमा संलग्न भएका जानकी आँखा अस्पताल जनकपुरका चिकित्सक डा साहले जानकारी दिए । शिविर अभिलेख हेर्दा जिल्लाका ग्रामीण क्षेत्रका गरिब र दलित बस्तीमा आँखासम्बन्धी समस्या बढी पाइएको रेडक्रस महोत्तरी शाखाले जनाएको छ । रासस 

Last modified on 2017-08-14 15:31:14

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts