जिल्ला अस्पतालको स्तरोन्नति अलपत्र
धादिङबेसी, १७ असोज । धादिङबेसीमा रहेको १५ शय्या क्षमताको जिल्ला अस्पताललाई वृद्धि गरी ५० शय्याको बनाउन आर्थिक वर्ष २०६९\७० को सुरुवातदेखि पहल सुरु गरिए पनि अहिलेसम्म निर्णय कार्यान्वयन हुन सकेको छैन ।
ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य सवामा सहज पहूँच पुर्याउन हरेक जिल्लमा विशेषज्ञसहितको सेवा सुरु गर्ने सरकारले घोषणा गरेको लामो समय भइसक्दा पनि धादिङकै एक मात्र सरकारी अस्पतालको अझै स्तरवृद्धि भएको छैन । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
अस्पताल विकास समितिका अध्यक्ष प्रेमनाथ सिलवालले यसका लागि गरिएका पहल निरर्थक बन्दै गएको बताए । अस्पतालबाट प्रदान गरिने सेवा सुविधा बढाए पनि सरकारले दिने सेवासुविधा बढाएर अब ५० शय्याको बनाउने भनेर लागि परकेो धेरै भइसक्यो, कतैबाट सहयोग भएन ।
मन्त्रालयमा समेत ३ पटक अस्पताल स्तरउन्नतिको फाइल लगियो तर कार्यान्वयन नभई मन्त्रालयबाटै फाइल हराउँछ ।
अस्पतालको स्तरवृद्धिका लागि आवश्यक भौतिक पूर्वाधार थप गर्न जर्मन प्राविधिक संस्था जीटीजेड र हिमालयन हेल्थ केयरले पटकपटक चासो देखाए पनि स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पतालको स्तर वृद्धिको स्वीकृति नदिँदा संरचना पनि थपिएको छैन ।
१५ शय्या क्षमताको अस्पताल भए पनि अहिले ४३ शय्याबाट जिल्ला अस्पतालले सेवा दिइरहेको छ ।