पोलियो उन्मुलनका लागि दिइने आइभीपी खोप कार्यक्रम एक वर्षका लागि बन्द
काठमाडौं, १६ असोज । बालबालिकामा लगाउँदै आइएको इनएक्टीभेटेड पोलियो भ्याक्सिन (आइपीभी) खोप कार्यक्रम एक वर्षका लागि बन्द हुने भएको छ । नेपालमा भ्याक्सिन उपलब्ध गराउदै आएको ग्लोवल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन गाभी नामक अन्तराष्ट्रिय संस्थाले भ्याक्सिन उपलब्ध गराउन नसक्ने भएपछि खोप कार्यक्रम एक वर्षका लागि बन्द हुने भएको हो । संस्थाले सहयोग स्वरुप भ्याक्सिन उपलब्ध गराउँदै आएको थियो ।
बाल स्वास्थ्य महाशाखाले आइतवार पत्रकार सम्मेलन गरी एक वर्षका लागि खोप कार्यक्रम बन्द हुने जानकारी गराएको छ । नेपालमा खोप उपलब्ध गराउँदै आएको उक्त संस्थाले विश्वव्यापी रुपमै खोप अभाव भएको भन्दै तत्काल उपलब्ध गराउन नसक्ने जानकारी गराएको बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. राजेन्द्र पन्तले बताए । संस्थाले सन् २०१७ सेप्टेम्बरसम्म भ्याक्सिन उपलब्ध गराउन नसक्ने पत्र मार्फत जानकारी गराएको डा. पन्तले बताए ।
अब महाशाखासँग करीब २ महिनाको लागि पुग्ने मात्र खोप रहेको छ । त्यसपछि करिव १० महिना अभाव रहने छ ।
नेपालमा पोलियो उल्मुलनको तयारीमा रहेपनि खोप अभावले कुनै प्रभाव नपर्ने बताइएको छ । बाल स्वास्थ्य निर्देशक डा पन्तले भने टाइप टु पोलियो विश्वभरमै पूर्णरुपमा उन्मुलन भएका कारण खोप अभावले कुनै प्रभाव पार्दैन । १७ वर्ष देखि विश्वबाट टाइप टु पोलियो उल्मुलन भएको हुदा केही समय भ्याक्सीन अभाव हुदैमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको डा. रमेशकान्त अधिकारीले बताए ।
नेपालबाट टाइप टु पोलयो धेरै अघि देखि नदेखिएकाले मुखबाट दिदै आएको पोलियोलाई भ्याक्सिनको रुपमाा मृत जीव मिसिएको आइपिभी भ्याक्सिन दुई वर्षदेखि प्रयोग हुदै आएको थियो । विश्व स्वास्थ्य संगठनको आग्रहमा सो खोप विश्वव्यापी रुपमा सुरु भएको थियो ।
नेपाल सरकारले उपलब्ध गराउदै आएको खोप कार्यक्रमलाई यसले प्रभाव पारेता पनि यदि टाइप टु पोलियोको समस्या देखिएमा स्टकमा रहेको खोप उपलब्ध हुने निर्देशक डा. पन्तले बताए । डा. पन्तले केही समय अभाव हुदैमा यसलाई नकारात्मक रुपम नलिन सबैलाई आग्रह गरेका छन् ।
खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा दुईवर्षअघि यो खोप कार्यक्रम सुरु गरिएको थियो ।
1 Comments
-
yo news sunda negative vaya pani fact ho. vayako vaccine ko 100 % coverage garna sabaile positive help garyau vane khasai prblm hunna. glabal crisis lai highlight garera vayako opurtunity lai use nagarnu vanda utilization improve garnu nai honestly hola.
बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।
View Other Stories by Author >>