बिरामी मर्दैमा डाक्टरको लापर्वाही हुन्छ ?



Download our app to get more features

चिकित्सक र स्वास्थ्यकर्मीहरुको तथाकथित लापरबाहीका घटनाहरु लगातार रुपमा हाम्रा संचार माध्यम र सामाजिक संजालहरुमा छाइरहेका छन् । उपचारका क्रममा बिरामीको मृत्यु हुँदा विवाद निम्तिने, मृतक बिरामीका आफन्त र सञ्चार माध्यमहरुले डाक्टर र स्वास्थ्यकर्मीहरुलाई दोषी ठहर्‍याउने, प्राविधिक छानबिन समितीको सट्र्टा राजनीतिक चरित्रको विवाद समाधान समिति बनाएर क्षतिपूर्ति रकममा सहमति  गनेजस्ता क्रियाकलापहरु हाम्रो स्वास्थ्य क्षेत्रका नियमित नियती जस्तै भइसकेका छन् ।

यी घटनाहरुले हाम्रो स्वास्थ्य क्षेत्रको गुणस्तरीयता, व्यवसायिकता र व्यवसायिक सुरक्षामाथि ठुलो प्रश्न चिन्ह खडा गरिदिएको छ । सँगसँगै हाम्रा सञ्चारकर्मीहरुको व्यवसायिकता र शिक्षित मानिने जनताहरुको संवेदनशिलता माथि पनि दुविधा उत्पन्न भएको छ । सबैभन्दा बढि राज्य नाङ्गिएको छ, जस्ले न त उचित नीतिनियमहरु नै बनाउनै सक्यो न त बनेका नीति नियम र सुविधाहरु कार्यान्वयन नै गर्न सक्यो ।

हाम्रोमा लोकतान्त्रिक चरित्र र राजनीतिक चेतना बढी नै भएकाले होला लापरबाही भए नभएको निर्णय र  कारबाही भिडले नै गर्छ । संचारमाध्यम र सामाजिक संजालहरुमार्फत सो को अनुमोदन गरिन्छ ।

हिजोआज नेपालमा उपचारको क्रममा कुनै बिरामीको मृत्यु भयो र बिरामीका आफन्तहरु विरोधमा उत्रिए भने त्यो घटना सिधासिधा स्वास्थ्यकर्मीको लापरबाही ठहरिन्छ । संलग्न डाक्टर र स्वास्थ्यकर्मीलाई दोषी बनाइन्छ । त्यसका लागि कुनै प्राविधिक एवं व्यावसायिक चरित्रको छानबिन समितीको आवश्यकता पर्दैन । आरोप लगाउने १५–२० जनाको भीड  र निर्णय सुनाउने वा  लेखिदिने १–२ वटा संचारकर्मी वा सामाजिक संजालकर्मी भए पुग्छ । यस्को अर्थ स्वास्थ्य क्षेत्रमा लापरबाही हुदैनन भन्ने होइन । अरु क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि लापरबाही हुन्छन । त्यसैले नै लापरबाहीको व्याख्या गरि कुनै स्वास्थ्यकर्मीले लापरबाही गरे सम्बन्धित व्यावसायिक काउन्सिलले कारबाही  गर्ने व्यवस्था पनि गरिएको हुन्छ । तर हाम्रोमा लोकतान्त्रिक चरित्र र राजनीतिक चेतना बढी नै भएकाले होला लापरबाही भए नभएको निर्णय र  कारबाही भिडले नै गर्छ । संचारमाध्यम र सामाजिक संजालहरुमार्फत सो को अनुमोदन गरिन्छ ।

मृत्यु अनिवार्य सत्य हो । तर पनि हरेकको लागि मृत्यु आश्चर्यजनक  र भावनात्मक नै हुन्छ । कति मृत्युहरु जीवनको स्वाभाविक बिन्दुमा पुगेपछि हुन्छ्न त कति मृत्युहरु अस्वाभाविक हुन्छन् । अस्पतालमा पुगेर मृत्यु हुनेहरुमध्ये पनि कति जनाले अधिकतम उपचार पाउँदा पाउदै मृत्युुवरण गर्छ्न । कति उचित उपचार नपाएर त, कति बाहिर भनिने जस्तै लापरबाहीका कारण मानव अस्तित्व त्याग्न बाध्य हुन्छ्न । त्यसैले लापरबाही पनि मृत्युको कारण हो, एक मात्र कारण होइन । अर्को कुरा, लापरबाही हाम्रोमा जस्तो मृत्युको सन्दर्भमा मात्र आकर्षित हुने वा हुनुपर्ने हल्का विषय होइन ।

लापरबाही हरेक ढिलासुस्ती र साना ठुला क्षतिहरुमा पनि उत्तिकै संवेदनशिल विषय हो । स्वास्थ्यका सन्दर्भमा बिरामीलाई उचित समयमा उचित उपचार नगरिनु लापरबाही हो । बिरामी उचित रेखदेख नगरिनु, गलत परिक्षण र औषधि उपचार गरिनु, बिरामीको अवस्थाको बेवास्ता गरिनु, उचित जाँच परिक्षण नगरिनु लापरबाही हो । त्यसैले लापरबाही नतिजा भन्दा पनि प्रक्रिया र क्रियाकलापसंग बढी सम्बन्धित हुन्छ । अवश्य पनि लापरबाही हुनु नहुनुले नतिजा प्रभावित हुन्छ तर नतिजा मात्र हेरेर लापरबाही भए नभएको फैसला गर्नु न्यायसंगत हुदैन ।

बिरामीलाई समयमै स्वास्थ्य संस्था नपुर्‍याइनु, स्वास्थ्य संस्थामा उचित उपकरण,स्रोत साधन र जनशक्ति नहुनु,उपकरण बिग्रेकाले वा विद्युत नभएकाले सेवा प्रवाह नहुनु पनि लापरबाही नै हुन । तर के यी सबै लापरबाहीको जिम्मेवार चिकित्सक र स्वास्थ्यकर्मी नै हुन ?

अर्को महत्वपूर्ण पक्ष के छ भने, बिरामीको उपचारको क्रममा हुने सबै लापरबाही, कमि कमजोरी र दुर्घटना स्वास्थ्यकर्मीका जिम्मेवारी हुन ? बिरामीलाई स्वास्थ्य संस्थामा पुर्‍याए पश्चात् उचित उपचार पाउने र निको हुने अपेक्षा राख्नु स्वाभाविक हो तर उचित नतिजा नआउँदा छानवीन बिना स्वास्थ्यकर्मीले लापरबाही गरे भनिनु स्वाभाविक होइन ।

बिरामीलाई समयमै स्वास्थ्य संस्था नपुर्‍याइनु, स्वास्थ्य संस्थामा उचित उपकरण,स्रोत साधन र जनशक्ति नहुनु,उपकरण बिग्रेकाले वा विद्युत नभएकाले सेवा प्रवाह नहुनु पनि लापरबाही नै हुन । तर के यी सबै लापरबाहीको जिम्मेवार चिकित्सक र स्वास्थ्यकर्मी नै हुन ? यदि यी सबै लापरबाही र कमिकमजोरीको भागिदार स्वास्थ्यकर्मी नै बन्नुपर्ने हो भने भोलिका दिनमा सायदै कोहि चिकित्सक र स्वास्थ्यकर्मी भेटिएलान नेपालका स्वास्थ्य संस्थाहरुमा ।

आधुनिक चिकित्सा विज्ञान र  स्वास्थ्य सेवाहरु पुर्ण रुपमा डाक्टरले मात्र चल्दैनन् । उचित स्रोत साधन,उपकरण र रोग निदान सेवाहरु पनि उत्तिकै महत्त्वपूर्ण छ्न । जस्का लागि डाक्टरहरुलाई  आ–आफ्नो विधामा दक्ष स्वास्थ्यकर्मीको साथ जरुरी हुन्छ ।

सबैले आ–आफ्नो ठाउँबाट उचित योगदान दिन सकेमा मात्र लक्षित नतिजा प्राप्त हुन सक्दछ । तर अहिले नेपालमा सरकार र जनता सबैको मानसिकता सम्पुर्ण रुपमा डाक्टर केन्द्रित भएर गएको छ । डाक्टर भए सबै उपचार हुन्छ भन्ने किसिमको मानसिकता र अपेक्षा विकास भएको जस्तो देखिन्छ । गाउँगाउँमा डाक्टर पुर्‍याउने भनिरहँदा जिल्ला तथा अञ्चल अस्पतालहरु कै अवस्था दयनीय छ । जस्ले हाम्रो स्वास्थ्य क्षेत्रलाई थप जटिलता तर्फ धकेलिरहेको छ । अहिले घटिरहेका घटनाहरु कतै न कतै यिनै अपेक्षा र वास्तविकता बीचको दुरीका प्रतिफल हुन । जसको समाधानका स्वास्थ्य सेवालाई टिमवर्कको रुपमा लिएर यस  भित्रका सम्पूर्ण विधा उपविधा र प्राविधिक पक्षहरुको सबलिकरण बिना सम्भव देखिँदैन।

सिमित स्रोत साधन र सेवाका आधारमा उपचार र शल्यक्रिया गर्न बाध्य चिकित्सकहरु र उचित व्यावसायिकता र आत्मसम्मान बिना न्युन मनोबलमा काम गर्न बाध्य स्वास्थ्यकर्मीहरु बाट कस्तो गुणस्तरीयताको अपेक्षा गरिरहेका छन राज्य र आमजनता !

सरकार र स्वास्थ्य मन्त्रालयका यी र यस्तै नितिगत एवं व्यवस्थापकिय कमिकमजोरीहरुको सिकार फिल्डमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरु बन्नु परेको छ । सरकारको कर्मचारीतन्त्र भित्रको चरम राजनीतिकरण, ढिलासुस्ती, असंवेदनशिलता र विषयगत ज्ञानको कमिको मारमा जनता जति पीडित भएका छन् त्यतिकै अप्ठ्यारोमा छ्न ईमानदार र सेवामुखी स्वास्थ्यकर्मीहरु।

आवश्यक उपकरणहरुको खरिदमा ढिलासुस्ती र अनियमितता ,बिग्रेका उपकरणहरुको महिनौं,वर्षौंसम्म  मर्मत नहुनु,विद्युत जस्तो अत्यावश्यक सेवासमेत अवरुद्ध हुदा समयमै सुचारु नगरिनु,विकटता जस्ता समस्यासंग जुझेर सेवा प्रवाह गरिरहेका चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको खेदो खन्नुको सट्टा वास्तविक समस्याको पहिचान गरि नीतिगत तहलाई झक्झकाउनु फलदायी देखिन्छ ।

सिमित स्रोत साधन र सेवाका आधारमा उपचार र शल्यक्रिया गर्न बाध्य चिकित्सकहरु र उचित व्यावसायिकता र आत्मसम्मान बिना न्युन मनोबलमा काम गर्न बाध्य स्वास्थ्यकर्मीहरु बाट कस्तो गुणस्तरीयताको अपेक्षा गरिरहेका छन राज्य र आमजनता ! थप शिक्षा र तालीमहरु मार्फत आफ्ना ज्ञान सीप र क्षमता तिखार्न लाग्नुपर्नेमा आधारभूत  व्यावसायिकता,गुणस्तर र सुरक्षाका लागि आफ्नै राज्य विरुद्ध आन्दोलित हुनुको पिडा कसैले बुझ्ने प्रयास गरेको छ ? अझ यो क्षेत्रका प्राविधिक विषय र घटनाहरुको सत्यतथ्य बुझ्ने प्रयास नगरी सतही ज्ञानका आधारमा सनसनीपुर्ण ब्रेकिङ्ग न्यूज र भावनात्मक अफवाह फैलाएर लोकप्रियताको खेती गर्न पल्केकाहरुले थापेको जटिलताको समाधान कस्ले गर्ने हो ? आफू जनताको सेवामा दिनरात नभनि खटिदै गर्दा अरुले गरेको गल्तीको दोष र सजाय भोग्नु पर्ने कहाँको र कस्तो न्याय हो यो?

भ्रामक ब्रेकिङ्ग न्युज र भावनात्मक अफवाहको सट्टा स्वास्थ्य क्षेत्रका विकृती विसङ्गती,अनावश्यक राजनीतिकरण,स्रोत साधनहरुको अभाव र नितिगत एवं व्यवस्थापकीय कमि कमजोरीहरुलाई उजागर गर्दा कस्तो होला ?

हेक्का रहोस् हाम्रो स्वास्थ्य सेवामा राजनीति गरेर र लुटेर खान पल्केका धर्मछाडा स्वास्थ्यकर्मी मात्र छैनन्, जनहित र गुणस्तरीय सेवाका लागि दिलज्यान लगाएर खटिने स्वास्थ्यकर्मीहरु पनि छ्न।यस्तो नहोस् कि तपाई हाम्रा गतिविधिहरुले सेवामुखी स्वास्थ्यकर्मीको मनोबल गिराइ पलायन गराउने र ठगेर लुटेर खान पल्केकाहरु मलजल गर्ने काम गरोस्। तर विडम्बना हाम्रा गतिविधि त्यतैतिर उद्धत भैरहेको देखिन्छ,कहिले भावनात्मक बहकाउमा त कहिले सुनियोजित रुपमै।
 

त्यसैले सुधारप्रेमी सम्पुर्ण आम जनता,समाजका गन्यमान्यहरु, जुझारु विद्यार्थीहरु र पत्रकारहरुले स्वास्थ्यक्षेत्र जस्तो संवेदनशिल विषयहरुमा लेख्दा र बोल्दा एकपटक समभाव  राखेर ठण्डा दिमागका साथ सोच्ने पो हो कि ? सतही जानकारीको भरमा कुनै घटनामा कसैलाई दोषी बनाउनुको सट्टा छानबिन समिती बनाउन दबाब दिदै लगातार निगरानी गर्दा पीडितले सहि न्याय पाउने र अरु थप पीडित हुनु नपर्ने अवस्था सिर्जना हुन्थ्यो कि? भ्रामक ब्रेकिङ्ग न्युज र भावनात्मक अफवाहको सट्टा स्वास्थ्य क्षेत्रका विकृती विसङ्गती,अनावश्यक राजनीतिकरण,स्रोत साधनहरुको अभाव र नितिगत एवं व्यवस्थापकीय कमि कमजोरीहरुलाई उजागर गर्दा कस्तो होला ? सबै मिलेर सस्तो,सुरक्षित र गुणस्तरीय स्वास्थ्य क्षेत्रको आधार तयार पार्ने एउटा मौका आएको छ।पहिल्यै ढिलो भै सकेको छ अझ अरु ढिला नहोस् ।

(लेखक मेडिकल इमेजिङ्ग टेक्नोलोजीष्ट हुन । )

 

 

Last modified on 2017-08-14 15:59:30

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts