कालो धब्वा लागेको केरा स्वास्थ्यका लागि फाइदाजनक
एजेन्सी । अधिकांश मानिसले दिनहुँजसो केरा सेवन गरिरहेका हुन्छन् । बजारबाट केरा किनेर ल्याँउदा होस् वा घरमा पाकेको केरा खाँदा होस् हरेक जसोले पहेँलो र राम्रो केरानै रोज्ने गर्छन् ।
धेरैलाई लाग्न सक्छ हलुका कालो धब्बा लागेको केरा विग्रेको हुन सक्छ सोही कारण पहेँलो केरा नै हरेकको रोजाईमा पर्ने गरेको हुन्छ । तर, हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ की कालो धब्बा लागेको केरा स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको हुन्छ ।
जब केरा धेरै पाक्छ तव यसका फाइदा कयौं गुणा बढ्न जान्छ । केरामा लाग्ने कालो धब्बा पनि कुहिएर वा विग्रिएर नभई पाक्दै जाँदा देखिने दाग हो । यस्तो कालो धब्बा देखिएको केरा सेवन गर्दा क्यान्सररोगसँग लड्न सक्ने प्रतिरोधात्मक वृद्धि हुने अध्ययनले देखाएको छ । यसले शरीरमा 'एन्टिअक्सीडेन्टन'को मात्रा तथा सेतो रक्त कोषको क्षमतामा वृद्धि गर्ने अध्ययनले देखाएको छ ।
त्यस कारण पाकेको केरा देखेमा फाल्नुको सट्टा तुरुन्तै खाने गरौं । कालो धब्बा लागेका केराले स्वास्थ्यलाइ दिने फाइदाहरु निम्न छन् ।
एसिडिटी घटाउन : यस्तो केरामा 'एन्टी एसिड' गुण हुन्छ । जसले टाउकोमा हुने दुखाई तथा एसिडिटीलाई राहत दिन्छ ।
उच्च रक्तचापलाई नियन्त्रण राख्छ : केरामा 'पोटासियम'को मात्रा अधिक रहनुको साथै 'सोडियम'को मात्रा धेरै कम हुन्छ । जसका कारण उच्च रक्त चाप नियन्त्रण राख्छ । यसले शरीरमा पानीको मात्रा कमी हुन दिदैन ।
क्यान्सरबाट बचाउँछ : जापानमा भएको एक अध्ययन अनुसार जुन केराको बोक्रामा कालो धब्बा रहेको हुन्छ, त्यसमा 'टीएनएफ' नामक तत्वको भरपुर मात्रा रहेको हुन्छ । जसलाई 'टियुमर नेक्रोसिस फ्याक्टर' भनिन्छ ।
यसले शरीमा क्यान्सर पैदा गराउने कोषिकासँग लड्न सहयोग पुर्याउँछ ।
पेट सम्बन्धी रोग : यस्तो केरा खानाले पेट पोल्ने समस्या, ग्यास, एसिडिटीबाट बचाउँछ । यसका लागि केरालाई चीनीसँग मिसाएर खादा धेरै फाइदा दिन्छ । 'म्याग्नेसियम'को भरपुर मात्रा रहेको हुदा केरा सहजै पचाउँन सकिन्छ । जसले शरीरको 'मेटाबोलिजम' दुरुस्त राख्छ ।'एनिमिया' भगाउँछ यस्तो केराको सेवनले रगतमा आइरनको मात्रा बढ्न जान्छ । जसले 'हेमोग्लोबिन'मा फाइदा पुग्छ । साथै शरीरमा शक्ति प्रदान गर्छ ।
अल्सरबाट छुटकारा : जव पेटको अल्सर हुन्छ तव धेरै खाने कुरा बार्नु पर्ने हुन्छ । तर कालो धब्बा लागेको केरा निर्धक्क खान सकिन्छ ।
कब्जीयतका लागि फाइदाजनक : कब्जीयत भएको अवस्थामा केरा खाँदा यसले धेरै फाइदा दिन्छ । यसले प्राकृतिक रुपमा पेट सफाइ गर्न सहयोग गर्छ ।
1 Comments
-
Nice word, u have any suggestion please give them.