आँखा अस्पतालमा अधिराजकुमारी (फोटो फिचर)

What's This?


Download our app to get more features

काठमाडौँ, १६ असोज । बेलायती अधिराजकुमारी बिट्रिकाले तिलगङ्गा आँखा अस्पतालको अवलोकन भ्रमण गरेकी छिन् ।

 

अधिराजकुमारी बिट्रिकाले आज बिहान आँखा अस्पतालमा पुगेर, लेन्स बनाइने कारखाना देखि, आँखा बैंक, पेडियाट्रिक क्लिनिक, इन्ट्रावकुलर ल्याव, रिफ्रेक्टिक सर्जरी युनिट, ओपीडी, अप्रेसन थिएटर, आउट रिच, ट्र्निङ एण्ड एकाडमिक विभाग, रिसर्च एण्ड लाइव्रेरी लगायत तालिम कक्षको समेत चासोपूर्वक अवलोकन गरेकी हुन्।

अधिराजकुमारीले विशेषगरी विभिन्न मुलुकबाट तालीमका लागी आएका चिकित्सकसँग कुराकानी गर्दै तालिम कक्षको चासोपूर्वक अवलोकन गरेकी थिइन्। अवलोकनपछि उनले २१ औँ शताब्दीमा सर्वसाधारणले पैसाको अभावमा आँखाको उपचारबाट बञ्चित भएर दृष्टिविहीन हुनुपरेको समस्याप्रति गम्भीर चासो लिएकी छिन् ।

अस्पतालका कार्यकारी प्रमुख डा.रीता गुरुङले अधिराजकुमारीको भ्रमणले आफूहरु खुसि भएको बताएकी छिन् । उनले अस्पतालको स्तर बृद्धिको लागी सहयोग आउने आशा गरेकी छिन् ।

अधिराजकुमारीले अस्पतालले आर्थिक रुपमा सक्षम हुनेलाई शुल्क र नहुनेलाई निःशुल्क रुपमा सेवा प्रदान गरेको प्रति दङ्ग हुँदै अस्पताललाई प्रशंसा गर्दै धन्यवाद दिएकी थिइन । साथै उनले अन्य अस्पतालसँग पनि समन्वय गरी काम गरेको र दुर्गममा भएको आँखा शिविर प्रति उनले प्रशंसा गरेकी छिन् ।

Last modified on 2017-08-14 16:07:32

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts