सिरियाको क्षेत्रीय अस्पतालमाथि फेरि ‘हमला’
एजेन्सी, १६ असोज । सिरियाको अलेप्पो शहमाको सबैभन्दा ठूलो क्षेत्रीय अस्पतालमाथि फेरी हवाई हमला भएको छ ।
विद्रोही नियन्त्रित पूर्वी क्षेत्रमा युद्ध चर्किएपछि दोस्रोपटक एम १० अस्पताललाई निशाना बनाइएको सिरियन अमेरिकन मेडिकल सोसाईटीले पुष्टि गरेको छ ।
अस्पताललाई सहयोग गर्ने सोसाईटीका अनुसार अस्पतालमाथि ब्यारल बम प्रहार गरिएको छ । अस्पतालमाथि यसै हप्ता बुधबार त्यस्तै किसिमको आक्रमण भएको थियो ।
अस्पतालमा हमला भएपछि त्यहाँ सेवा बन्द गरिएको छ । तर हमला हुँदा केही बिरामी र कर्मचारीहरु भवन भित्र फसेको अस्पतालका कर्मचारीले बताएका छन् ।
शनिबार अस्पतालका प्रशासकले भवनभित्रबाट तुरुन्तै सहयोगका लागि अपील गरेको एएफपी समाचार संस्थाले उल्लेख गरेको छ ।
फ्रान्सका स्वास्थ्यमन्त्री जँ मार्क एयरोले स्वास्थ्य संरचना र कर्मचारीमाथि आक्रमण गर्नु युद्ध अपराधसरह भएको भन्दै उक्त आक्रमणको निन्दा गरेका छन् ।
सन् २०१२ देखि सिरियाको आर्थिक र औद्योगिक केन्द्र रहेको अलेप्पो शहर दुई भागमा विभाजित भएको थिए ।
सेप्टेम्बर महिनाको १९ तारिखमा एउटा आंशिक युद्धविराम भंग भएको थियो । त्यस पछि पछि रुसी तथा सिरियाली वायु सेनाले अलेप्पोको विद्रोही नियन्त्रित पूर्वी क्षेत्रमाथि फेरि आक्रमण गर्न थालेपछि युद्ध चर्किएको छ ।
फोटो एपी/एजेन्सीको सहयोगमा
Reporter
View Other Stories by Author >>