दुर्गमका स्वास्थ्यकर्मीलाई लक्षित गरी ‘टेलिमेडिसिन’



Download our app to get more features

काठमाण्डौ, १६ असोज । गतवर्षको भूकम्पपछि नेपालको स्वास्थ्य शिक्षा एवं परामर्श, टेलिमेडिसिन लगायत क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था आस्क फाउण्डेसनले शनिवार राजधानीमा दुर्गम जिल्लाका स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी सिएमई (कन्ट्य्निइङ मेडिकल एडुकेशन) सञ्चालन गरेको छ । 
ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा आयोजित कार्यक्रममा दुर्गम भेकमा कार्यरत एक सय ११ जना चिकित्सक, नर्स एवं स्वास्थ्यकर्मीहरु सहभागी भए । सो अवसरमा विभिन्न विशेषज्ञता हासिल गरेर नेपाल एवं अमेरिकामा कार्यरत ११ जना चिकित्सकले सहभागीहरुलाई आधारभूत जीवनरक्षा एवं आकस्मिक उपचारका सन्दर्भमा कक्षा लिएका थिए । नशारोग विशेषज्ञ राजु पौडेल, स्त्रीरोग विशेषज्ञ डा. रिजुता जोशी, चर्मरोग विशेषज्ञ शम्भू दत्त जोशी लगायत विभिन्न विशेषज्ञ चिकित्सकले दुर्गम भेकका स्वास्थ्यकर्मीलाई ‘मेडिकल केश ह्यान्डलिङ’ सम्बन्धी कक्षा लिएका थिए । मेडिकल क्षेत्रमा भएका प्रगति एवं नयाँ प्रविधिबाट कसरी उपचार गर्नेभन्ने सन्दर्भमा कार्यक्रममा छलफल भएको छ । 
कार्यक्रममा आस्क फाउण्डेसनले कालिकोट र बाजुरमा सुरु गरेको तीनवटा टेलिमेडिसिन सेन्टरलाई ल्यापटप समेत हस्तान्तरण गर्यो । कालिकोटको नैनी र मुम्री तथा बाजुराको गोत्रीमा सुरु भएको टेलिमेडिसिन सेन्टरलाई ल्यापटप हस्तान्तरण गरिएको कार्यक्रमकी संयोजक एवं फाउण्डेशनकी अध्यक्ष डा. रश्मी थापाले जानकारी दिइन् । 

Last modified on 2017-08-15 13:18:43

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts