बंगलादेशमा बुढो बच्चा जन्मिएपछि...
नयाँ दिल्ली, १६ असोज । संसारमा हरेक दिन करोडौंको संख्यामा बच्चाहरु जन्मिन्छन् । बच्चा जन्म लिनु कुनै नयाँ समाचार पनि होइन ।
तर, करोडौं बच्चाहरु मध्ये कतिपय ठाउँहरुमा अनौंठो किसिमका बच्चाहरु पनि जन्मिन्छन् । । यस्तै भएको छ, बंगलादेश स्थित मुगरा भन्ने ठाउँमा । बुढो देखिने बच्चा जन्म लिएपछि चिकित्सकहरु आश्चर्यमा छन् । तर, परिवारमा भने खुसियालीको माहोल बनेको छ ।
बच्चा बुढो उमेरका देखिन्छन् । बच्चाको शरीरमा लामो–लामो कपाल, ठूला आँखा, बुढा पाका जस्तो देखिने अनुहार छ । भारतीय समाचारसंस्थाहरुले सामान्य बच्चाभन्दा फरक रहेको जनाएको छ ।
चिकित्सकहरुले अनौंठो देखिने उक्त बच्चा ‘प्रोजेरिया’ नामक रोगबाट पीडित रहेको बताएका छन् ।
यो रोगलाई अनौठो किसिमको रोग भनेर चिनिन्छ । करोडौं मानिसहरुमा कुनै एकमा यो रोग देखापर्ने गर्दछ । यो रोगमा बच्चाहरु बुढो जस्तो देखिन्छन् । यस्ता बच्चाहरु कहिल्यै पनि सामान्य हुन सक्दैनन् ।