युवा अवस्थामै दुवै मृगौला खराब भएपछि......



Download our app to get more features

काठमाडौं, १५ असोज । युवा अवस्थामै आफ्ना दुई मृगौला खराब भएपछि काभ्रेको उग्रचण्डी नालाकी ३० बर्र्षीया युवती पवित्रा दाहाल जीवन मरणको दोसाधमा उभिएकी छिन् । 
१० बर्षदेखि मृगौला खराबीको समस्या भोग्दै आएकी पत्रिकालाई दशै लगत्तै मृगौला फेर्नुपर्ने भन्दै चिकित्सकले सल्लाह दिएपछि आर्थिक अभावमा उनी जीवन मरणको दोसाधमा उभिएकी हुन् । छोरी बचाउनका लागि  ६० बर्षीया आमा पुण्यकुमारी दाहालले आफ्नो एउटा मृगौला दिन तयार भएपनि उपचारका लागि आवश्यक पर्ने रकम जुटाउन नसक्ने अवस्था भएपछि उनी र उनको परिवार थप चिन्तित बनेको छ ।
शिक्षण अस्पतालले दशै लगत्तै मृगौला प्रत्यारोपण गरिसक्न  भनेपछि थप समस्या परेको पवित्राले बताईन् । “चिकित्सकले दशैपछिनै मृगौला प्रत्यारोपण नगरे जे पनि हुन सक्छ भनेका छन् तर उपचारका लागि सामान्य परिवार भएकोले पैसा छैन”­उनले भनिन्­“दुवै मृगौला खराब भएपछि आमा मलाई बचाउनका लागि एउटा मृगौला दिन तयार हुनुभएको छ तर उपचारका लागि पैसा नभएर पो समस्या भयो” । शिक्षण अस्पतालकी डा. दिव्या सिंहबाट उपचार पाईरहेकी उनलाई डा. रविन नेपालीले उपचार गराईरहेका छन्न । 
दुवै मृगौला खराब हाल नयाँ बाहिरबाट दिइएको रगतको भरमा बाँचिरहेकी पवित्राको उपचारका लागि सरकारले डायलोसिस निःशुल्क गरेपनि प्रत्येक हप्ता दिनुपर्ने ब्लड सेरिजका साथै अन्य औषधीका लागि तीन हजारभन्दा बढी लाग्ने गरेको उनले बताइन् । मृगौला दिनका लागि तयार भएकी आमाका शरीरका विभिन्न अंगको परीक्षणका लागि तीन लाख रुपैयाँसम्म लाग्ने बताएपछि पवित्राको परिवार थप चिन्तित बनेको छ । ‘हालसम्म परिवारले मलाइ बचाउनका लागि १० लाखभन्दा बढी खर्च गरिसक्यो, अब कति हुने थाहा छैन ।’–उनले भनिन्–‘कसैले मेरो उपचारका लागि सहयोग गरेभने मेरो जीवन बाँच्ने थियो र जिन्दगीमा केही गर्ने रहर पुग्ने थियो ।’
नेपाली विषयमा स्नाकोत्तर गरेकी पवित्रा पढाईमा अति मेधावी छात्राको रुपमा चिनिन्छिन् । हालै लोकसेवा आयोगले लिएको परीक्षणमा कम्प्युटरमा नाम निकाले पनि उनी बिरामीको कारण जान सकिनन् । पछिल्लो समयमा रोगले बढी च्यात्दै गएपछि ठूलो समस्यामा परेकी पवित्रा सहयोगी मनहरुबाट सहयोग आएमा आफू बाँच्ने र समाजका लागि केही योगदान पुर्याउने रहर उनको छ । तर मृगौला प्रत्यारोपण गर्नुपर्ने समय नजिकिँदै जाँदा उनमा बढी चिन्ता बढेको छ भने परिवारभित्र रुवाबासी सुरु भएको छ । 

 

Last modified on 2017-08-15 13:20:33

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts