चरिकोट अस्पतालको इमरजेन्सी सेवा खुल्यो
दोलखा,१५ असोज । स्वास्थ्यकर्मीमाथि अमानवीय व्यवहार गरिएको भन्दै बन्द गरिएको चरिकोट अस्पतालको इमरजेन्सी सेवा शनिबारदेखि खुलेको छ ।
उपचारको क्रममा एक बालकको मृत्यु भएपछि स्थानीयद्वारा स्वास्थ्यकर्मीलाई जबर्जस्ती माफी मगाइ बेइज्यत गरिएको भन्दै स्वास्थ्यकर्मीद्वारा अस्पताल बन्द गरिएको थियो । मृतक बालकका आफन्त, प्रशासन तथा स्थानीयको पहलमा इमरजेन्सी सेवा सञ्चालनमा ल्याइएको दोलखाबाट प्राप्त समाचारमा जनाइएको छ ।
यद्यपी स्वास्थ्यकर्मीहरुले भने सुरक्षाको प्रत्यभूति नगरिएसम्म ओपीडी सञ्चालन नगर्ने अडान कायमै राख्दै आइरहेका छन् । असोज ७ गते अढाइ वर्षीय बालक महादेव रिजालको मृत्यु भएको विषयलाई लिएर चिकित्सकले क्षमायाचना गरेको भिडियो फेसबुकमा भाइरल बनेको थियो । सोही घटनालाई लिएर चरिकोट अस्पतालका चिकित्सकहरुले असोज ११ गतेदेखि सम्पूर्ण सेवा बन्द गरेका थिए । -फाइल फोटो