भरतपुर अस्पतालमा ईआरसीपी प्रविधि सुरु



Download our app to get more features

 

 

काठमाडौं, १४ असोज । चितवनको भरतपुर अस्पतालमा ईआरसीपी प्रविधिबाट पित्त थैलीको नलीमा भएको पत्थरी निकाल्ने प्रविधि सुरु भएको छ । चितवनको सबैभन्दा ठूलो सरकारी अस्पताल भरतपुर अस्पतालले काठमाडौँ बाहिर पहिलो पटक चितवनमा ईआरसीपी प्रविधि भित्र्याएको दावी गरेको छ । 

मुखबाट पाइप हाली पेटमा पु¥याउने र पित्त थैलीको नलीमा भएको पत्थरीलाई बिना अप्रेशन बाहिर निकाल्ने प्रविधि नै ईआरसीपी प्रविधि भएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्र मरासेनीले बताए । पित्तथैलीमा भएको पत्थरीलाई दूरवीनबाट निकाल्ने गरेको भएपनि अबदेखि अस्पतालमा पित्त थैलीको नलीमा भएको पत्थरी निकाल्ने प्रविधि सुरु गरिएको मरासेनीको भनाइ छ । पित्त थैलीको नलीमा भएको पत्थरी निकाल्न अप्रेशन गर्दा झन् जटिल हुने गरेकोमा ईआसीपी प्रविधि भित्र्याएपछि सहज हुने अस्पतालको भनाइ छ । 

भरतपुर अस्पतालले शुक्रबारदेखि औपचारिक रुपमा ईआरसीपी प्रविधिबाट बिरामीको पित्त थैलीको नलीमा भएको पत्थरी निकाल्न सुरु गरेको हो । धुलीखेल अस्पतालबाट आएको डाक्टरको टिम र भरतपुर अस्पतालका डाक्टरको टिमले ईआरसीपी प्रविधिबाट उक्त पत्थरी निकालेको हो ।

सरकारले अस्पताललाई दिएको दुई करोड रुपैयाँ र अस्पतालभित्र सञ्चालनमा रहेको मदन भण्डारी ट्रमा सेन्टरको दुई करोड रुपैयाँ गरि चार करोड रुपैयाँको लागतमा अस्पताल भित्र अक्सिजन पाइपलाइन, ईआरसीपी, अर्थोस्कोपी भित्र्याउन सफल भएको सुवेदीले बताए । 

Last modified on 2017-08-18 14:50:51

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts